Wednesday, January 23, 2013

चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ


१० माघ, पाँचथर । आफ्नै श्रीमतीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई आज पक्राउ गरेको छ । श्रीमती हत्याको आरोपमा पक्राउ पर्ने सिदिन–१ का ४० बर्षीय मनकुमार राई हुन् ।
अभियुक्त राईले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी ३५ बर्षीया श्रीमती रेनुकालाई चिर्पटले हिर्काएर हत्या गरेका थिए । राईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती रेनुकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

सर्प हुँ भन्ने छोरालाई टोकेरै मारे बाबुले


जापानमा एक जना बाबुले आफ्नै छोरलाई टोकेर मारेका छन् । छोराले म सर्प हुँ भन्दै सर्प जस्तै अभिनय गर्न थालेपछि रिसले आगो हुँदै छोराको टाउको लगायतका विभिन्न ठाउँमा टोकर हत्या गरेका हुन् ।
जापानको अन्जो क्षेत्रमा बस्ने ५३ वर्षका कात्सुमी नागायाले आफ्नो २३ वर्षे छोरा ताकुयालाई सरीरका विभिन्न संवेदनशील अंगमा विभत्स तरिकाले दाँत गाड्दै कुटपिट समेत गरेर सख्त घाइते बनाएको र अस्पताल लग्ने बित्तिकै ताकुयालाई मृत घोषित गरिएको जापानी टेलिभिजन आशाइले जनाएको छ ।
ताकुयाले आफू सर्प बनेको भन्दै घरमा यताउता घसि्रएरै हिड्ने र बाउको वरीपरी समेत डस्छु भन्दै जिस्काउने गर्न थालेपछि कात्सुमीको रिसको पारो चढेर छोराको दिमागमा चढेको सर्पको भूत हटाउन भन्दै टोकाइ आक्रमणमा उत्रिएका रहेछन् । प्रहरीसँगको बयानमा कात्सुमीले छोराको मस्तिष्कबाट सर्पको भूत भगाउन आफुले उसलाई टोकेको तर त्यसरी मर्ला भन्ने हेक्का आफुलाई नभएको बताएका छन् ।

'हामी एक नम्बरको पार्टी हो'


MOHAN BAIDHYA

एमाओवादीबाट अलग्गिएको करिब ६ महिनापछि आफ्नै नेतृत्वमा गठन गरेको नेकपा-माओवादीको भर्खरै सम्पन्न सातौं महाधिवेशनबाट मोहन वैद्य पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् । तत्कालै जनयुद्धमा जाने कि अहिलेकै प्रक्रियामा फरक शक्तिका रूपमा रहने भन्ने बहसबीच महाधिवेशनले वैद्यद्वारा प्रस्तुत 'जनयुद्धको जगमा जनविद्रोह' भन्ने बीचको राजनीतिक कार्यदिशा पारित गरेको छ । पार्टीलाई अहिलेकै प्रक्रियामा सशक्त वैकल्पिक शक्तिका रूपमा उभ्याउने योजनमा रहेका वैद्यसँग महाधिवेशन, राष्ट्रिय राजनीतिलगायतका विषयमा कान्तिपुरका सरोजराज अधिकारी र दीपेन्द्र विष्टले गरेको संवाद: महाविधेशन कस्तो रहयो ?
महाधिवेशन कयौं जटिलताहरूका बीचबाट सम्पन्न भयो । मूलभूत रूपमा सफल र प्रभावकारी रह्यो । सबै साथीहरूको भनाइअनुसार सफल भयो भन्ने छ । समग्रमा केन्द्रीय कमिटीको बैठकले यसको समीक्षा गर्छ ।
क्रान्तिकारी पार्टीको अध्यक्षका हैसियतले आफैंले मूल्यांकन गर्दा कार्यकर्ताको अपेक्षा पूरा भएजस्तो लाग्छ ?
कार्यकर्ताको अपेक्षा देश र जनताको अपेक्षासँग जोडिएका हुन्छन् । वैचारिक रूपमा प्रतिवेदन प्रस्तुत गरिसकेका थिए । तल्लो स्तरसम्म छलफल गरेका थियौं । अलि बढी साथीहरूलाई केन्द्रीय कमिटीमा समेट्नुपर्छ भन्ने थियो । तर पछि चुस्तदुरुस्त बनाउनुपर्छ भन्नेतिर गयौं । केन्द्रीय समितिमा पर्नुपर्ने केही साथीहरू अझै पर्न सक्नुभएन । हाउसको आवाज पनि ठूलो बनाउँदा राम्रो सन्देश जाँदैन सानै हुनुपर्छ भन्ने आयो ।
केन्द्रीय नेतृत्व चयनमा विवाद भएर सानो बनाइएको होइन र ?
विवाद त भइहाल्छ । विवाद भएरै एक, डेढ दिन ढिलो भयो । हामीले सबै राज्यसमितिबाट लिस्ट मागेका थियौं । लिस्ट ठूलो-ठूलो आयो । झन्डैझन्डै तीन सयजति पुगिहाल्यो । गाह्रो भयो । पहिले पनि हाम्रो केन्द्रीय कमिटी सानै हुन्थ्यो ।
पदाधिकारीमा पनि केही विवाद आयो भन्ने छ नि ?
पदाधिकारीमा विवाद आएन । निर्विवाद रूपमा चयन भयो ।
तपाईंलाई संरक्षक बनाएर रामबहादुर थापाजीलाई अध्यक्ष र नेत्रविक्रम चन्दजीलाई महासचिव बनाउने कुरा आएको होइन ?
खै, केके कुरा चले अलग कुरा भयो । मेरो विषयमा त साथीहरूलाई खुला रूपमा कुरा राखिदिएको थिएँ । म त आवश्यक परे बस्ने, नभए नबस्ने भन्ने थियो । म त ३१ सालदेखि केन्द्रीय समितिमा बसेको, पाँचौं महाधिवेशनमा महासचिव पनि भएकै हो । मलाई रहर छैन । आवश्यकताले गर्दा बसैको हो । फेरि साथीहरूबाट पनि बस्नैपर्छ भन्ने आयो ।
सानो कमिटी बनाउनु, पुरानै पदाधिकारीलाई निरन्तरता दिनुको कारणचाहिँ एमाओवादीसँग पुनः सम्बन्घ जोड्न आधार रहोस् भनेर हो भन्ने पनि छन नि ?
होइन, सम्बन्ध जोड्ने त स्थिति नै छैन । कतिपय विषयमा कार्यगत एकता हुन सक्ने दिन आउला । अहिलेको स्थितिमा त उहाँहरू पनि महाधिवेशन गर्दै हुनुहुन्छ । त्यो सम्भव छैन ।
तपाईंले प्रस्तुत गर्नुभएको 'जनयुद्धको जगमा जनविद्रोह' गर्ने भन्ने कार्यदिशा स्पष्ट भएन, त्यसका साधनहरू के हुन् ? कहिलेदेखि गर्ने भनेर उठेका आवाजलाई कसरी सम्बोधन गर्नुभयो ?
यो छलफल बहस पार्टीमा हुन्छ । आगामी कार्यदिशा निर्धारण गर्ने विषयमा जनयुद्धको जग भन्ने कुरा स्वतः भइहाल्यो । हरेक पार्टीको आफ्नो आधार हुन्छ । दस वर्षसम्मका उपलब्धि र कमजोरी रहे । तिनलाई समीक्षा गर्दै अगाडि जाने हो । जनसंघर्ष, जनआन्दोलनका रूपमा अगाडि जान सकिन्छ ।
जनयुद्धको जगअन्तर्गत त फौजी संरचना, जनअदालत, जनसत्ता, आधार इलाका थियो । त्यसलाई फेरि निरन्तरता दिनुहुन्छ ?
अब त्यो स्थितिले टुंगो लगाउने कुरा हो । हिजोका दिनका ती जग त भत्किसकेका छन् ।
पुनःनिर्माण गर्नुहुन्छ ?
अब स्थिति कसरी जान्छ । हामीले जुन उद्देश्य लिएर दसवर्षे जनयुद्ध सुरु गरेका थियौं, त्यसका मूलभूत उद्देश्य भनेका राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाल समाधान गर्ने भन्ने नै हो । ती उद्देश्य अझै पूरा हुन सकेका छैनन् । शान्ति प्रक्रियमा आएदेखि संविधान बनाउने प्रक्रियामा, संविधानसभामा पनि वर्गीय, जातीय, लैंगिक, मधेसी पिछडिएका क्षेत्रलगायतका जनसमुदायका हकहित र अधिकारको रक्षा गरेर जाने भनेर भनेका थियौं । तर ती पूरा भएनन् । अझै अन्योलमा छन् । हाम्रो मूल कुरा के हो भने देश र जनताका हकहितका निम्ति हामी अगाडि बढ्छौं । ती कुरा सम्बोधन भएनन् भने आन्दोलन अनिवार्य हुन्छ । कार्यदिशाको सार त्यही हो ।
तपाईं आफैंले जनयुद्धका जग भत्किसकेका छन् भन्नुभयो । हुँदै नभएको जगमा टेकेर कसरी जनविद्रोह हुन्छ ?
जग त छ । हामी पार्टीमै छौं, कहीँ गएका छैनौं । नेकपा-माओवादी छँदै छ । कार्यकर्ता छँदै छन् । त्यो संरचना त भत्क्यो । मान्छे त छँदै छौं । जनसरकार बनाएका थियौं, सरकार प्रमुख छँदै छन् । संरचना त थितिले निर्धारण गर्ने कुरा हो । शान्ति सम्झौता गर्ने क्रममा नयाँ राज्य पुनःसंरचना निर्माणका लागि नयाँ ढंगले जाने भन्ने सन्दर्भमा पुरानो संरचना भत्केकै हो । फेरि पनि जनताका समस्या समाधान गर्ने किसिमका नयाँ संरचना आएका छैनन् । नयाँ संरचना आउँदैन भने त गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।
युवापंक्तिबाट ती सबै संरचना ब्युँताएर जनयुद्धको तयारी गर्नुपर्छ दबाब आएको थियो, होइन ?
छलफल बहसमा थुपै्र कुरा आए । जनयुद्ध गर्नुपर्छ । सशस्त्र जनविद्रोह गर्नुपर्छ भन्ने थुप्रै कुरा आए । यी सबैलाई संश्लेषण गर्दा जनयुद्धको जगलाई मान्ने कुरा भइहाल्यो । त्यसैको जगमा जनविद्रोहमा जानुपर्छ भनेका हौं । त्यसको साथसाथै जनताको संविधान बनाउने कुरामा पनि ध्यान दिनुपर्छ ।
जनयुद्धका लागि मूल नेतृत्व तयार नभएको हो ?
हामी त अहिले यही प्रक्रियामा छौं । यो प्रक्रिया के हुन्छ भनेर हेर्ने कुरा हो ।
यो प्रक्रियालाई स्विकार्नुभएको हो ?
स्वीकार गरे पनि, नगरे पनि यो प्रक्रियामा त हामी आइहालियो । हाम्रो कुरा होइन, जनताको कुरा हो । अब के हुन्छ भन्ने हो । संविभानसभा भंग भएको छ, नयाँ संविधान बनेको छैन । बने पनि कस्तो बन्छ भन्ने कुराको पनि सुनिश्चतता छैन । अहिलेको हाम्रो तत्कालिक कार्यनीति भनेको जनताको संघीय गणतन्त्र, राष्ट्रिय स्वाधीनता, जनसंविधान र राष्ट्रिय संयुक्त सरकार निर्माण हो । यसका निम्ति जनसंघर्षमा जान्छौं । यो हाम्रो तत्कालिका कार्यनीति हो । यी सबै अधिकार स्थापित गर्नतिर जान्छौं । यो प्रक्रिया कसरी अगाडि बढ्छ, स्थिति हेरेर हुन्छ । अर्को पक्ष कसरी आउँछ ? यी सबै चीजको बीचबाट अगाडि बढ्छौं ।
केन्द्रीय तहका युवाले त 'मूल नेतृत्व, केही पदाधिकारी तयार छैनन् भने विगतमा जनमोर्चाजस्तो खुला मोर्चा बनाएर बस्नुहोस्, हामी जनयुद्धमा जान्छौं’ सम्म भनेछन्, होइन ?
त्यो त आउँदै आएन । युवा र वृद्धको कुरा हुँदैन । त्यो विचारको कुरा हो । युवामा राम्रो विचार पनि हुन्छ, नराम्रो पनि । त्यस्तै वृद्धमा राम्रो, नराम्रो हुन्छ । मूलतः विचारको कुरा हो । 'आइडोलोजी' भन्ने चीज उमेरले निर्धारण गर्दैन । फेरि म स्वयं पनि विचारले बूढो भएको छैन । बिल्कुलै छैन । उमेरले त हुँदै छु तर त्यति बूढो त भाछैन । गिरिजाजीले ८४-८५ वर्षको उमेरमा प्रधानमन्त्री चलाउनुभाथ्यो । म त्यति बूढो त छैन । फेरि म बूढो भइसकेपछि पनि पूरै पद ओगटेर बस्नुपर्छ भन्नेवाला छैन । साथीहरू तयार भएपछि म छोड्दिइहाल्छु ।
गिरिजाजीले ८४ वर्षसम्म प्रधानमन्त्री चलाउनुभएको थियो, म पनि सक्छु भन्नुभएको ?
होइन । मैलै त्यसरी पनि भनेको होइन । तपाईंले बूढो पिंढी भनेकाले मैले उदाहरण दिएको हो ।
त्यस्तो जिम्मेवारी आयो भने त तयार हुनुहुन्छ ?
त्यस्तो जिम्मेवारी पनि आउँदैन । म त्यसरी जानेवाला पनि छैन । म काम गर्छु । सर्वोच्च पदमै बस्दा ठूलो भइन्छ भन्ने म ठान्दिनँ ।
राजनीतिकर्मी, एउटा पार्टीको अध्यक्ष भएपछि त देशको, सरकारको नेतृत्व गरौं भन्ने कुरा स्वाभाविक महत्त्वाकांक्षा होइन र ?
आवश्यकताअनुसार त हो । तर ममा त्यस्तो बढी महत्त्वाकांक्षा छैन । सबैले देखेकै कुरा हो । त्यसकारणले त्यस किसिमको महत्त्वाकांक्षा लिने कुरा भएन । आवश्यक पर्‍यो भने गइँदैन भन्ने पनि होइन ।
आजको दिनमा नेकपा-माओवादीको अध्यक्ष मोहन वैद्य 'किरण’ प्रधानमन्त्री बन्ने कुरा महत्त्वाकांक्षी योजनाजस्तो लाग्छ ?
अहिलेको स्थितिमा त्यो सम्भावना छैन । आवश्यकताका लागि त वस्तुगत स्थिति तयार हुनुपर्‍यो । अर्को कुरा क्रान्तिकारीहरूले पदमा बस्नै हुन्न भन्ने होइन । आवश्यकताअनुसार बस्नुपर्छ, त्यो छँदै छ । राजनीति गर्नु भनेकै राज्यसत्तामा जानु हो । त्यसकारण राज्यसत्तामा जाँदै जान्नँ भनेको होइन । आवश्यकताअनुसार गइन्छ पनि । अहिलेको अवस्थामा प्रधानमन्त्री पदका लागि  लुछाचुँडी भइराखेको छ । मलाई त्यो मन पर्दैन । बाबुरामजी बसे पनि, सुशीलजी, झलनाथजी आए पनि अर्को जी आए पनि खासै तात्त्विक अन्तर हुँदैन । नयाँ कुरा के दिने भन्ने छैन । त्यसकारण व्यक्तिको कुरा आएन । पार्टीले निर्णय गर्नै कुरा हो । त्यहीअनुसार जाने कुरा हो ।
आजको दिनसम्म नेकपा-माओवादी कति नम्बर पार्टी ?
नम्बरको कुरा नगरौं । अहिले यति नम्बर, उति नम्बरको पार्टी भनेर ठानेका पनि छैनौं, सोचेका पनि छैनौ ।
देश, जनता क्रान्तिको हितका निम्ति काम गर्छ कि गर्दैन भन्ने हो । नम्बरको मापदण्ड यही हो ।
जनतामा कत्तिको पकड छ भन्ठान्नुहुन्छ ?
देश र जनतालाई अगाडि बढाउने, मुक्ति दिलाउने हिसाबमा हामी एक नम्बरको पार्टी हो । हामी जत्तिको क्रान्तिकारी पार्टी छैन । सत्तामा कहिले को जान्छ कहिले को ? यी सब छोड्नहोस् । देश र जनतालाई जसले मुक्ति दिलाउँछ त्यो नै एक नम्बरको पार्टी हो ।
अहिले जुन प्रक्रिया चलिरहेको छ, तपाईंहरू त्यसको वैकल्पिक शक्ति हो कि यो प्रक्रियाभित्रकै शक्ति हो ?
यो प्रक्रिया नै के प्रक्रिया हो टुंगो छैन । हामी जनयुद्धबाट शान्ति प्रक्रियमा आएको हो । शान्ति प्रक्रियामा आइसकेपछि एकथरीले जनयुद्धका बेलामा जुन प्रतिबद्धता जाहेर
गरिएको थियो, ती सब छोड्यो । ती छोडिएका कुरालाई हामी अगाडि बढाउन चाहन्छौं । फेरि हामी प्रक्रिया आइहालेको हुनाले यो प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने हेर्दै छौं ।
यदि यो प्रक्रियामा जनता र देशको पक्षमा समाधान निस्कियो भने ठिकै छ ।
शान्ति प्रक्रिया, त्यसभित्रको समायोजन प्रक्रियाप्रति त तपाईंहरूको असहमति थिएन र ? पार्टी फुट्नुको एउटा कारण पनि त्यही होइन ?
शान्ति प्रक्रियामा असहमति होइन । जसरी यो अगाडि बढ्यो त्यसमा असहमति हो । कयौं कुरा गलत भएका छन् भनेर भनेकै हो । गलत हुँदाहुँदै पनि फेरि आइराखेका छौं । त्यसकारण यो प्रक्रिया कसरी जान्छ । त्यो प्रक्रिया हेर्दै छौं ।
तपाईंहरू एक हुँदाचाहिं जनसंविधानमा निर्माणमा यथास्थितिवादीहरूले यताउति गरे भने जनविद्रोहमा जान्छौं भन्नुहुन्थ्यो, अहिले तपाईंहरूको स्थिति त्यही हो ?
गडबड भयो भने विद्रोहमा जान्छौं भनेर त पार्टी एक हुँदा भनेको ठीक हो । हामी त्यही अवस्थामा छौं । प्रचण्ड र बाबुरामजी सँगसँगै हुँदा पनि हाम्रा दस्तावेजमा गडबड भयो भने हामी विद्रोहमा जाने हो भनेका हौं ।
त्यसको अर्थ तपाईंको पार्टी नयाँ होइन, पालुङटार बैठकपछिको एमाओवादीको अवस्थामा तपाईंहरू हुनुहुन्छ, प्रचण्ड र बाबुरामले अडान छाडेकाले अलग्गिनुभएको मात्र हो भन्दा हुन्छ ?
हामीले नयाँ जनवादी गणतन्त्र घोषणा गर्ने भनेका हौं । त्यो कुरा उहाँहरूले छोड्नुभयो । हामीले नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि क्रान्ति पूरा भएको छैन भनेर त्यसलाई पूरा गर्ने दिशामा छौं । उहाँहरूले राष्ट्रिय स्वाधीनताको कुरा पनि छोड्नुभयो । हामी राष्ट्रियता स्वाधीनता रक्षाको विषयमा अडिग छौं । नयाँ संविधान निर्माण गर्ने सवालमा पनि उहाँहरूले जातीय, क्षेत्रीय, लैंगिक, वर्गीयलगायतका तमाम विषय छोड्नुभएको छ । यसरी उहाँहरूले राजनीतिक धरातल छोड्नुभएको छ । प्रजातान्त्रिक शक्तिसँग सबै कुरा छाडेर सम्झौता गर्नुभयो । एकदम नयाँ बनाउने भन्ने हिसाबले त सम्झौता गर्न सकिन्छ । त्यसकारण हामीले विरोध गर्दै आएका हौं । पालुङटारमा पास भएको लाइन उहाँहरूले छोड्नुभयो । त्यो प्रक्रिया त टुंगिएको छैन । जनसेनाको त आत्मसमर्पण गराइयो । मूल कुरा सेना मात्र होइन । जनसंविधान निर्माणको विषय पनि हो । अब कसरी जान्छ, हेरेका छौं ।
तपाईंको विचार समूहले त चुनवाङदेखि नै गलत हुँदै गयो भन्नुभएको थियो फेरि शान्ति प्रक्रियामा छौं भन्नुहुन्छ, विरोधाभास भएन ?
मूल्यांकन नै गर्ने हो भने त चुनवाङ बैकठ मात्र होइन, अझै अगाडिबाटै गल्ती हुँदै आएको हो । अब महाधिवेशनपछि नयाँ कार्यदिशाका साथ अगाडि बढ्नपर्छ भन्ने छ ।
पार्टी एक हुँदा पालुङटार बैठकमा जुन दस्तावेज पेस गर्नुभएको थियो, त्यसैमा थोरै संशोधन अहिलेको महाधिवेशनमा पेस गर्नुभएछ नि ?
पालुङटारभन्दा धेरै फरक छ । हो कतिपय मूल्यांकन गर्ने विषयमा यताउति मिलेको हुन सक्छ ।
पालुङटार बैठक हुँदा संविधानसभा थियो, अहिले छैन । घटनाक्रमलाई सम्बोधन गर्नेबाहेक सारमा त दस्तावेज त्यस्तै छ त ?
जनवादी क्रान्तिको सार त त्यही नै हो । जनवादी क्रान्ति सम्पन्न भएको छैन । त्यो बेला मुलुक अर्धऔपनिवेशिक, अर्धसामन्ती अवस्थामा छ भनेका थियौं । अहिले अर्धऔपनिवेशिक हटाएर नवऔपनिवेशिक भन्यौं ।
नयाँ पार्टी गठन गरेको छ महिना भइसक्यो । कार्यकर्तामा पुगे पनि जनतामा पुग्नुभएको छैन, कसरी हुन्छ संघर्ष ?
यहाँले भनेको कुरा ठिकै हो । एक प्रकारले त हामी जनतामा गएका छौं । दृष्टिकोण पनि पेस गरेका छौं । योजनाबद्ध रूपमा संघर्षको कार्यक्रम लिएर भने गएका छैनौं । किनभने सिजन पनि थिएन । पहिले सांगठनिक कुरामै ध्यान दिनुपर्छ भनेर त्यता लाग्यौं । अब संघर्ष कार्यक्रम लिएर जनतामा जान्छौं ।
के भनेर जानुहुन्छ ?
जनसंविधान, जनजीविका, राष्ट्रियता रक्षा, भ्रष्टाचार, कमिसनतन्त्र, दलाल तत्त्वका विरुद्ध जनतामा जान्छौं ।
संघर्षको स्वरूप कस्तो हुन्छ ?
शान्तिपूर्ण नै हुन्छ ।
तपाईंले उठाउने मुद्दाभित्र सरकारको नेतृत्व परिवर्तनको एजेन्डा छैन ?
छ । यसमा हाम्रो कांग्रेस एमालेलगायतका विपक्षीसँग पनि कुरा मिल्छ । तर त्योभन्दा अगाडि कसरी जाने भन्नेचाहिं मिल्दैन । सरकार हटाएर मात्र भएन । नयाँ सरकारले संविधान बनाउने,  कस्तो संविधान बनाउने भन्ने कुरामा उहाँहरूसँग मिल्दैन । तैपनि विषय हेरेर मिल्ने कुरामा कार्यगत एकता हुन सक्छ ।
नयाँ संविधान कसरी बनाउने ?
त्यसमा कांग्रेस-एमाले अलमलमा हुनुहुन्छ । उहाँको बुझाइ स्पष्ट छैन । उहाँहरू संविधानसभा ढंगको नभएर संसद् ढंगको हुन्छ भन्नुहुन्छ । हिजोको संविधानसभामा एघारवटा प्रतिवेदन छन् । आयोग छ । आयोगले प्रतिवेदन दिएको छ । त्यसलाई समेटेर जाने कि अलग गरेर जाने छलफल, बहस भएको छैन । कि ती सबै गलत भए भनेर जान सकिन्छ । यो प्रक्रिया त बाह्रबुँदे सहमति हँुदै आएको कुरा हो । जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने विषयमा दलहरूका बीचमा सहमति हुनुपर्‍यो ।
भर्खरै बाह्रबुँदे सहमतिको कुरा गर्नुभयो, त्यसलाई आत्मसात् गर्नुभएको हो ?
त्यसमा भएका कुरा पनि उल्ट्याउने कुरा भइरहेको छ । बाह्रबुँदेमा केही कमीकमजोरी छन् भन्दै आएका छौं । त्यसअनुसार पनि त गर्नुपर्‍यो । विस्तृत शान्ति सम्झौता, बालुवाटारमा भएका सम्झौताअनुसार पनि त गर्नुपर्‍यो ।
तपाईंको पार्टीभित्रको एउटा हिस्सा त बाह्रबुँदेबाटै गल्ती भएको ठान्छ नि ?
एकथरी सही भएको छ भन्ने पनि छ । अर्को थरी गलत भएको छ भन्ने पनि छ । अब परिणाममा के हुन्छ हेर्नुपर्छ । तर प्रक्रिया त सकिएको छैन । केही त सकियो, जनमुक्ति सेनाको समायोजन भएन । तर जनसंविधान बनाउने भन्ने कुरा त सकिएको छैन ।
संविधान बनाउने तपाईंको रोडम्याप के ?
हाम्रो रोडम्याप प्रस्ट छ । जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ । त्यहीअनुसार जाऔं भन्ने हो ।
संविधान निर्माणको विधि नि ?
अब पुरानो सहमति काम लाग्दैन । पार्टीहरूका बीचमा नयाँ सहमति गरौं । कांग्रेस, कम्युनिस्ट भन्ने कुरा छोडिदिऔं एकछिनका लागि । जनताका समस्यालाई पत्ता लगाऊ । त्यसलाई सूचीबद्ध गरौं अनि ती समस्या समाधान गर्छौं भनेर प्रतिबद्धता जाहेर गरौं । नयाँ संविधान बनाऔं । त्यो नगरी कसरी हुन्छ ?
त्यो कुन विधिबाट गर्ने भन्ने हो ?
विधि त दोस्रो कुरा हो । पहिलो त सिद्धान्तमा सहमत हुनुपर्‍यो । विधि त चुनाव नै होला । जनताले बनाउनुपर्‍यो ।
तपाईंले महाधिवेशन उद्घाटनसत्रमा पनि नयाँ सहमतिको कुरा उठाउनुभएको थियो, त्यसलाई स्पष्ट पारिदिनुहोस् न ?
पुराना सहमतिले काम गरेन भन्ने त प्रस्ट देखिएको छ । संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने नै सार हो । अब सबै पार्टी बसेर छलफलबाट कस्तो संविधान निर्माण गर्ने भन्ने विषयमा पहिले सहमति हुनुपर्‍यो ।
फरक प्रसंगमा जाऔं, तपाईंहरूले उठाउनुभएको राष्ट्रिय स्वाधीनता हिजो प्रचण्डजीहरूले भनेको जस्तो राष्ट्रियता स्वाधीनता हो कि फरक हो ?
सँगसँगै हुँदा त एउटै थियो । राष्ट्रियता स्वाधीनता भनेको त देशमा भएको वैदेशिक हस्तक्षेप, उत्पीडन अन्त्य गर्नुपर्छ भन्ने हो । कुरा त एउटै हो तर उहाँहरूले ती सबलाई छोडिदिनुभयो ।
छोडेको मात्रै हो र ?
छोड्ने मात्र होइन, अलि बढी आत्मसमर्पण गर्ने काम गर्नुभयो । राष्ट्रियता स्वाधीनताका सन्दर्भमा भारत र नेपालबीचको सम्बन्ध त हामी राम्रै बनाउन चाहन्छौं । तर असमान सन्धिसम्झौता खारेज गर्नुपर्छ भन्ने हो । हिलेको स्थितिमा नेपाली र भारतीय जनताको आवश्यकताअनुसारको नयाँ सन्धिसम्झौता गर्नुपर्‍यो । सीमालगायतका समस्या समाधान गर्नुपर्‍यो ।
एमाले, माले, एमाओवादी सबैले सडकमा हुँदा यो विषय उठाए तर सत्तामा पुगेपछि बिर्से । तपाईंहरू पनि सरकारमा गएपछि नफेरिने ग्यारेन्टी के ?
व्यक्ति त बिग्रन सक्ला तर ती समस्याको समाधान अपरिहार्य छ ।
कम्युनिस्ट पार्टीमा त मूल नेतृत्व बिग्रेपछि सबै सकिन्न र ?
त्यो त ठिकै हो । नेतृत्व बिग्रेपछि त बिगि्रहाल्यो । त्यसकारण हामीले सामूहिक नेतृत्वमा जोड दिँदै आएका हौं । तर हाम्रो पार्टी त्यो ढंगले जाँदैन । व्यक्ति विशेषको जिम्मेवारी त लिन सकिँदैन । तर मेरो कुरा गर्नुहुन्छ भने देश र जनताको हितप्रति कहिल्यै पनि गद्दारी गर्दिनँ ।
बाबुराम र प्रचण्डलाई गद्दार भन्नुभयो होइन ?
गद्दार त भनेको छैन । उहाँहरूले अलि क्रान्तिमा गद्दारी गर्नुभयो भनेका हौं ।
गद्दारी गर्ने गद्दार भएन र ?
हो, कयौं कुरामा उहाँहरूबाट गद्दारी भएका छन् ।
आजको दिनमा प्रचण्ड र बाबुरामजीलाई अलग्याएर हेर्न मिल्छ कि दुवै उस्तै हो ?
कतिपय मामिलामा उहाँहरू एउटै हो । खासगरी राजनीतिक रूपमा त एउटै हो । सुरुका दिनमा बाबुरामजीले पनि मेहनत गरेकै हो । प्रचण्डजीले पनि गरेकै हो । त्यसकारण दुवैमा आआफ्ना किसिमका विशेषता छन् ।
सत्ताको नेतृत्व एमाओवादीले गरेको छ, नेतृत्वमा बाबुरामजी हुनहुन्छ । राष्ट्रिय राजनीतिमा जति पनि घटनाक्रम विकसित भएका छन्, त्यसको नेतृत्व कसले गरेको छ बाबुरामजीले कि प्रचण्डले ?
विचारका हिसाले बाबुरामजीले नै गर्नुभएको छ । प्रचण्डजीले गर्नुभएको छैन । लोकतान्त्रिक गणतन्त्रको अवधारणालाई अघि सार्ने बाबुरामजी नै हो । वैचारिक नेतृत्व प्रचण्डजीका हातमा छैन भन्ने स्पष्ट छ । प्राविधिक नेतृत्व प्रचण्डजीले गर्नुभएको छ, त्यसमा पनि कहिलेकाहीं यताउति गर्नुहुन्छ ।
पार्टीमा बहुमत भएर पनि प्रचण्डले किन निर्णय गराउन सक्नुहुन्न ?
यो त उहाँहरूले जान्ने कुरा हो । उहाँहरूको कुरामा हामीले विश्लेषण गरेर किन टाउको दुखाउने ?
बाबुराजीलाई प्रधानमन्त्री बनाएको त तपाईंहरूले हो नि ?
सबैले सल्लाह गरेर बनाएको हो ।
धोबीघाटको अगुवा त तपाईं हो नि ?
धोबीघाट पनि गरियो । केन्द्रीय समितिमा पनि प्रस्ताव राखियो । प्रचण्डले पनि सहमति जनाउनुभएको हो ।
प्रचण्डजीले त धोबीघाट सम्झौता आफूविरुद्धको हो भन्नुभएको थियो । तपाईंहरूले बहुमतले पेलेर निर्णय गराउनुभएको होइन ?
त्यो त हो । प्रचण्डजीले पनि धोबीघाटजस्ता  धेरै घाट घटाउनुभएको छ । हामीलाई बाइपास गरेर बाबुरामजीलाई अँगालो हाल्दा प्रचण्डजीलाई आनन्द हुने । हामी मिल्दा नहुने भन्ने भएन ।
अहिले आएर धोबीघाट गठबन्धन गरेकामा केही पछुतो छ ?
बाबुरामजीले पनि धोका दिनुभयो । लगत्तै हामीले पनि विरोध गरिहाल्यौं । त्यो गठबन्धनपछि बाबुरामजी प्रधानमन्त्री हुनुभयो । त्यसपछि प्रचण्डजीले म बाबुरामसँग नमिल्ने हो भने खैरियत छैन भन्ने बुझ्नुभयो । बाबुरामजीले पनि प्रचण्डसँग मिल्नुपर्छ भन्ठान्नुभयो । त्यसपछि हामीलाई थाहै नदिई मधेसी मोर्चासँग सुटुक्क सम्झौता गर्नुभयो । सामूहिक नेतृत्व स्थापित गर्ने उद्देश्य त राम्रै लिएको हो । तर बाबुरामजीले धोका दिनुभयो । प्रचण्डजीले भन्दा पनि बाबुरामजीले नै धोका दिनुभएको हो । 

यति ठूलो हिप ! (फोटोफिचर सहित)

३९ वर्षकी माइकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन् । अमेरिकाको लस एन्जल्सकी बासिन्दा रुफिनेलीको नितम्ब क्षेत्रको व्यास ८ फिट छ ।
कम्मर माथिको भाग सामान्य नै रहेकी मिकेलको कम्मरमुनिको भाग अस्वभाविक रुपमा मोटो छ । यहीँ कारण उनको जिउको समग्र तौल पनि १ सय ९० किलोभन्दा बढि छ ।

भिमकाय नितम्ब भएकी मिकेल आफ्नो अस्वभाविक जिउप्रति गर्व गर्छिन् । आफुलाई कुनै स्वास्थ्य समस्या नरहेकाले जिउ घटाउन डाइटिडको खाँचो नपर्ने उनको दाबी छ । उनको अर्को अचम्मको दाबी के पनि छ भने उनले तन्नेरीहरुले आफुलाई खुबै मन पराउने दाबी गर्छिन् । दुब्ला स्लिम केटीहरुलाई तन्नेरीहरुले मन नपार्ने उनी जिकिर गर्छिन् ।
यी भिमकाय नितम्बधारी महिला मोडेल पनि हुन् । एक महिलासम्बन्धि वेबसाइटका लागि मोडलिड गरेबापत उनले महिलाको १ हजार डलर कमाउँछिन् । हेरौँ यी नितम्बधारीका पोज

यति ठूलो हिप ! (फोटोफिचर सहित)

३९ वर्षकी माइकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन् । अमेरिकाको लस एन्जल्सकी बासिन्दा रुफिनेलीको नितम्ब क्षेत्रको व्यास ८ फिट छ ।
कम्मर माथिको भाग सामान्य नै रहेकी मिकेलको कम्मरमुनिको भाग अस्वभाविक रुपमा मोटो छ । यहीँ कारण उनको जिउको समग्र तौल पनि १ सय ९० किलोभन्दा बढि छ ।

भिमकाय नितम्ब भएकी मिकेल आफ्नो अस्वभाविक जिउप्रति गर्व गर्छिन् । आफुलाई कुनै स्वास्थ्य समस्या नरहेकाले जिउ घटाउन डाइटिडको खाँचो नपर्ने उनको दाबी छ । उनको अर्को अचम्मको दाबी के पनि छ भने उनले तन्नेरीहरुले आफुलाई खुबै मन पराउने दाबी गर्छिन् । दुब्ला स्लिम केटीहरुलाई तन्नेरीहरुले मन नपार्ने उनी जिकिर गर्छिन् ।
यी भिमकाय नितम्बधारी महिला मोडेल पनि हुन् । एक महिलासम्बन्धि वेबसाइटका लागि मोडलिड गरेबापत उनले महिलाको १ हजार डलर कमाउँछिन् । हेरौँ यी नितम्बधारीका पोज


22
३९ वर्षकी माइकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन् । अमेरिकाको लस एन्जल्सकी बासिन्दा रुफिनेलीको नितम्ब क्षेत्रको व्यास ८ फिट छ ।
कम्मर माथिको भाग सामान्य नै रहेकी मिकेलको कम्मरमुनिको भाग अस्वभाविक रुपमा मोटो छ । यहीँ कारण उनको जिउको समग्र तौल पनि १ सय ९० किलोभन्दा बढि छ ।

भिमकाय नितम्ब भएकी मिकेल आफ्नो अस्वभाविक जिउप्रति गर्व गर्छिन् । आफुलाई कुनै स्वास्थ्य समस्या नरहेकाले जिउ घटाउन डाइटिडको खाँचो नपर्ने उनको दाबी छ । उनको अर्को अचम्मको दाबी के पनि छ भने उनले तन्नेरीहरुले आफुलाई खुबै मन पराउने दाबी गर्छिन् । दुब्ला स्लिम केटीहरुलाई तन्नेरीहरुले मन नपार्ने उनी जिकिर गर्छिन् ।
यी भिमकाय नितम्बधारी महिला मोडेल पनि हुन् । एक महिलासम्बन्धि वेबसाइटका लागि मोडलिड गरेबापत उनले महिलाको १ हजार डलर कमाउँछिन् । हेरौँ यी नितम्बधारीका पोज

पुस्तकालयमै अश्लील डान्स र मसाज

स्कटल्याण्डको एक पुस्तकालयले मानिसमा पठन संस्कृतिको विकाश होस् र पुस्तकालाय धाउने मानिसहरुको संख्या बढोस् भन्ने हेतुले अनौठो जुक्ति लगाएको छ । पुस्तकालयले मानिसहरुलाई पुस्तकालायमा तान्नका लागि निशुल्क पोल डान्सिङको कक्षा संचालन गरेपछि त्यसले निकै विवाद र चर्चा कमाएको छ ।
पुस्तकालयमा निकै कामूक तथा अश्लील लाग्ने पोल डान्सको कक्षा संचालन गर्ने मात्र होइन पुस्तकालयले किताबलाई टेनिस ब्याटको रुपमा प्रयोग गरी पुस्तकालभित्रै टेनिस खेल्न पाउने सुविधा समेत प्रदान गरेको छ ।
समाचार अनुसार पुस्तकालय आउने पाठकको मन बहलाउन तथा पढाइमा अभिरुची जगाउन स्थानीय कलाकारले उत्तेजक पोल डान्सको प्रस्तुती दिन्छन्, बुकी टेबल टेनिस भनिने खेलमा किताबलाई टेबल टेनिसको ब्याटको रुपमा प्रयोग गर्न सकिन्छ भने त्यहाँ पोल डान्स हेर्दै उपन्यास लेख्ने प्रतियोगिता पनि हुन्छ । यतिमात्र होइन पुस्तकालयमा पढ्न जानेले मसाजको सुविधा पनि लुट्न पाउँछन् । स्तवमा यस्ता रोचक सत्र दिनभरी नै चलिरहन्छन् तर पाठकले पुस्तकालयभित्र नपढीकन खाली यस्तै उट्पट्याड काममा भाग लिन मात्र भने पाउँदैन । निश्चित समयसम्म पढेर बँचेको समयमा यस्तो मनोरञ्जक काममा भाग लिन पाइन्छ ।
यो कार्यक्रमका सुरुवातकर्ताहरुले यसलाई विश्वमै पहिलो प्रयास भएकेा दाबी गर्दै यसले मानिसलाई पुस्तकालयमा गएर पढ्न प्रेरित गर्ने बताएका छन् । पुस्तकालय अभियन्ताहरुले भने पोल डान्स नौलो भएपनि खासै आपत्तिजनक नभएको तर किताबलाई टेनिस ब्याटको रुपमा प्रयोग गर्ने कुरा साँच्चीकै पुस्तकको अवमुल्यन भएकेा र निकै खराब कुरा भएको बताउँछन् । सरकारी अधिकारी तथा स्थानीय प्रतिनिधहरुले पनि पुस्तकालयको उक्त कमदको प्रतिरक्षा गरिदिएका छन् ।

आन्दोलनकारीलाई प्रचण्डले भने-’दैलेखका गुण्डाहरु’ दोहोरो झडपमा डीआइजीसहित ५० घाइते


१० माघ, काठमाडौं । सरकारविरुद्ध विपक्षी दलहरुको अवरोधका बीच एकीकृत नेकपा माओवादी दैलेखको जिल्ला सम्मेलन सुरु भएको छ ।
सभामा सहभागी हुन गएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई रोक्ने प्रयास स्वरुप दैलेख बन्द आहृवान गरेका विपक्षी दलहरुले उद्घाटन समारोहका लागि बनाइएको मञ्चमा नै आक्रमण गरेपछि केहीबेर सभा अवरुद्ध भएको थियो । उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बोल्ने क्रममा विपक्षी कार्यकर्ताले मञ्चमा नै ढुंगामुढा गरेका थिए । त्यसपछि सुरक्षा घेराका बीचमा पुनः सभा सुरु गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखमा आन्दोलनरत् विपक्षी दलहरुलाई ‘गुण्डा’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो-’दैलेखका गुण्डाहरुले सभामा ढुंगा हानेर हामी तीन नेतालाई थप एक बनाइदिएकोमा धन्यवाद ।’
प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराई विदेशी डलरको खेती गर्नेहरुले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री भट्टराईले गुण्डाहरुले आफ्नो पार्टीको सभा बिथोल्न खोजेको भन्दै जनताले तह लगाउने चेतावनी दिनुभयो ।
डीआइजीसहित ५० घाइते
सभामा अवरोध गर्न खोज्ने विपक्षी कार्यकर्ता र प्रहरीबीच पटक पटक झडप भएको थियो । झडपका क्रममा डीआइजी टोपेन्द्रध्वज हमालसहितका ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, कांग्रेस सभापतिसहितका आन्दोलनकारी घाइते भएका छन् ।
पत्रिकाको कार्यालयमा तोडफोड
विपक्षी दलहरुको आन्दोलनलाई साथ दिएको भन्दै एमाओवादीका कार्यकर्ताले हाम्रो तेस्रो आँखा दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले कम्प्युटर, टेबल, कुर्सी र सिसा तोडेका हुन् । यसअघि बिहान वाइसीएलका कार्यकर्ताले १० पत्रकारलाई डेकेन्द्रकै हालत बनाउने धम्की दिएको उनीहरुले बताए ।

आदीवासी जनजातीको बन्दले पाँचथरको जनजीवन प्रभावित

रविन भट्टराई
१० माघ, ताप्लेजुङ । पाँचथरमा गोरु काटेको अभियोगमा पक्राउ परेकाहरुलाई छोड्नु पर्ने भन्दै आदीवासी जनजाती महासंघको अगुवाईमा आज बिहानैवाट गरिएको पाँचथर बन्दका त्यहाँको जनजीवन प्रभावित भएको छ । पाँचथर बन्दका कारण ताप्लेजुङमा पनि यातायातका साधन चलेका छैनन ।
ताप्लेजुङवाट पाँचथर, इलाम र झापाका लागी छुट्ने आधा दर्जन बस तथा ट्याक्सीहरु नछुटेपछि यात्रुहरु अलपत्र परेको बुकिङ काउण्टरका इञ्चार्ज राजन गुरुङले वताउनुभयो ।
आदिवासी जनजाती लगायतका आठ वटा संगठनले आज र भोली दुई दिनका लागी पाँचथरको फिदिम वजार र यातायात बन्दको आव्हान गरेकाले त्यसको प्रभाव ताप्लेजुमा पनि परेको छ ।
यद्यपी ताप्लेजुवाट छुट्ने लामो दुरीका सवारी साधन नचलेपनि छोटो दुरीका सवारी साधन चलिरहेका छन । गत पुस २६ गते पाँचथरको नागीन गाविस्थित फेमे खोलावाट गोरु काटेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेपछि विना सर्त रिहा गर्न माग गर्दै जनजाती संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन ।
प्रहरीले दल वहादुर गुरुङ, दीपक आङवो, रमेश नेम्वाङ, रमित गुँरागाई, विनोद नेम्वाङ र शुभचन्द्र राईलाई पक्राउ गरेको आदिवासी जनजाती महासँघ पाँचथरका अध्यक्ष विर्ख वहादुर वाइवाले वताउनुभयो ।
पक्राउ परेकाहरुलाई छुटाउन प्रशासनसँग पटक पटक आग्रह गरेपनि सुनुवाइ नभएकाले वाध्य भएर आन्दोलन गर्नु परेको वाइवाले जानकारी दिनुभयो ।

धारणा तय गर्न मधेशी मोर्चाको बैठक जारी


१० माघ, काठमाण्डौं । देशको पछिल्लो राजनीतिक घटनाको क्रमको समिक्षा गर्दै आफ्नो मोर्चाको धारणा तय गर्न मधेसी मोर्चाको बैठक जारी रहेको छ । राजधानीको गोकर्ण होटलमा जारी बैठकमा राजनीतिक निकासका विषयमा एक धारणा बनाउने विषयमा छलफल केन्द्रीत रहेको छ ।
मधेशी मोर्चाका तर्फबाट सरकारसँग यसअघि भएका सहमतिको कार्यान्वयन, निकासमा मधेशी मार्चाको भूमिका लगायतका विषयमा छलफल जारी रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महोताले जानकारी दिनुभयो । मंगलबारदेखि जारी आवासीय बैठकमा सबै दलका उच्च नेताहरुको सहभागिता रहेको छ ।

गोली हानी साढे ६ लाख रूपैयाँ लुटियो

९ माघ, दाङ । लुटेराको समूहले दाङको तुलसीपुरमा मंगलबार दिउँसो एक जनालाई गोली प्रहार गरी करिब साढे ६ लाख रुपैयाँ लुटेर लगेको छ ।तुलसीपुर-सल्यान सडकखण्डको साततलेमा दुईजनाको समुहले सल्यान कपुरकोटमा आइएमई सञ्चालन गर्दै आएका काठमाडौ चाबहिल ७ कुमारीगालका ३२ बर्षीय मनोहर सापकोटामाथि गोली प्रहार गरी ६ लाख ४७ हजार रुपैयाँ लुटेर लगेको प्रहरीले जानकारी दिएको छ ।
सापकोटाको दायाँ कोखामा गोली लागेको छ । तुलसीपुरमा रहेको इनभेष्टमेन्ट बैंकबाट ६ लाख ४० हजार रुपैयाँ निकालेर रा १ प ३८०२ नम्बरको मोटरसाईकलमा सल्यान कपुरकोट जाँदै गर्दा सापकोटामाथि साढे १ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले जानकारी दिनुभयो ।गम्भीर घाइते हुनुभएका सापकोटालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
लुटेराहरुले दुई राउण्ड गोली चलाएकोमा एउटा गोली सापकोटाको कोखामा लागेको छ । लुटेरा समुहको हुलिया प्राप्त भए पनि पहिचान भैनसकेको र उनीहरुको खोजीकार्य भैरहेको एसपी मल्लले जानकारी दिनुभयो ।

नेपाल कालोसूचीमा पर्न सक्छ : अमेरिकी राजदूत

९ माघ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन तत्काल नबनाए नेपाल कालोसूचिमा पर्न सक्ने नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले बताउनुभएको छ । अर्थमन्त्रालयमा मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा राजदूत बोडेले शुद्धीकरणसम्बन्धी कानुन बनाई संगठित वित्तीय अपराधलाई नरोके नेपाल कालोसूचिमा पर्न सक्ने बताउनुभएको हो ।
राजदूत बोडेसँगको भेटमा मन्त्री पुनले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको तर सो अध्यादेश हालसम्म पारित नभएको बताउनुभएको अर्थमन्त्री पुनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । भेटमा राजदूत बोडेले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सङ्गठित अपराध नियन्त्रणसम्बन्धी अध्यादेश पारित नभएमा नेपाल कालोसूचीमा पर्नेबारे ध्यानाकर्षण गराउनुभएको थियो ।
विगतमा पनि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपालले जनाएको प्रतिवद्धताअनुरुप कानून बनाई संगठित वित्तीय अपराध रोक्न नेपालमाथि चर्को दबाव परेको थियो । राष्ट्रसंघले नेपाललाई वित्तीय अपराध नियन्त्रणसम्बन्धी कानुन बनाउन दबाव दिँदै आएको छ । राष्ट्रसंघले नेपाललाई यससम्नत्री कालोसूचीमा राखेको खण्डमा राष्ट्र बैंकको खाता र प्रतीतपत्र विदेशमा नचल्ने अवस्था आउन सक्छ ।

बलात्कार अभियोगमा हङकङमा नेपालीलाई ५ वर्ष जेल


९ माघ, काठमाणडौ । चिनियाँ मूलकी अष्ट्रेलियन युवतीलाई बलात्कार गरेको अभियोगमा हङकङ अदालतले एक नेपालीलाई ४ बर्ष ९ महिना जेल सजायँको फैसला गरेको छ ।
नयाँ बर्ष सन् २०१३ को जनवरी एक तारिख साँझ प्रसिद्ध लनक्वाईफोङस्थित एक बारमा आएकी ग्राहकलाई बलात्कार गरेको अभियोगमा २८ बषिर्य संजिव गुरुङलाई हङकङको उच्च अदालतले जेल सजायँ सुनाएको त्यहाँको द स्टाण्डर्ड पत्रिकाले जनाएको छ ।
ग्राहकका रुपमा आएकी ती युवती बारमा मदिरा सेवन गरेर मातेकी थिइन् । मातेकी युवती ट्याक्सीमा होटल फर्किन लागेका बेला त्यहीं बारम्यानका रुपमा कार्यरत संजिवले पछ्याएका थिए । उनले वानचाईमा रहेको एक गेष्टहाउसमा लगेर गुदद्वारमा बलात्कार गरेका थिए ।
अर्ध बेहोस अबस्थामा रहेकी ती युवतीले गुदद्वारामा सहवास गर्न इन्कार गरेकी थिइन् । तर संजिवले जर्वजस्ती गरेको र गुदद्वारबाट रगत आउने गरि बलात्कार गरेको उनले अदालतसमक्ष बताएकी छिन् ।
पछि ती युवतीले एक पुरुष साथीको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी थिइन् । संजिवका वकिलले उनले नियतवस बलात्कार नगरेको दावी गरेका थिए । सात सदस्यीय बेन्चले उनलाई ५ बर्षको जेल सजायँ हुने फैसलाए सुनाए पनि संजिवले गरेको समाजसेवाको कामलाई समेत कदर गर्दै तीन महिना सजायँ घटाइएको थियो ।

जिल्ला अधिवेशन भाँड्न खोजेकामा एमाओवादीको आपत्ति


१० माघ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले विपक्षी काँग्रेस-एमालेको गठबन्धनले आफ्नो दैलेख जिल्ला अधिवेशन भाँड्ने षड्यन्त्रमा लागेको भन्दै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
प्रवक्ता अग्नि सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सामूहिक रुपमा भेला भएर विचार अभिव्यक्ति राख्न पाउने प्रजातान्त्रिक अधिकारमाथि आक्रमण नगर्न आग्रह गर्नुभएको । प्रजातन्त्रको बद्ख्वाई गरेर कहिल्यै नथाक्ने काँग्रेस-एमालेले आफ्नो पार्टीका शीर्ष नेता जाने कायर्ंक्रम भाँड्न खोजेकामा सापकोटाले आपत्तिसमेत जनाउनुभएको छ ।
‘प्रजातन्त्रमा भेला भएर सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ’, सापकोटाले विज्ञप्तिमा भन्नुभएको छ’, शान्तिपूर्ण कार्यक्रम विथोल्न भनेर गरिएको अवरोधप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ ।’ यस्तै सापकोटाले आन्दोलनका नाममा अवाञ्चित गतिविधि भए त्यसबाट आउने परिणामको जिम्मेवार विपक्षी गठबन्धन हुने पनि बताउनुभएको छ ।
विपक्षी काँग्रेस-एमालेले माओवादी शीर्ष नेतृत्वलाई जिल्ला प्रवेशमा रोक लगाउने भन्दै सदरमुकाममा करिब ४ सयको संख्यामा कार्यकर्ता जम्मा गरेका छन् । मंगलबार बसेको जिल्लास्थित ७ विपक्षी दलको बैठकले बुधबार २ बजेदेखि यातायात र बिहीबार दिनभर सदरमुकाम बन्दको घोषणा गरेको थियो । विपक्षी दल सम्वद्ध कार्यकर्ताले सदरमुकाम प्रवेश गर्ने सबै नाकामा रुख ढालेर यातायात अवरुद्ध गरेका छन् । विपक्षी दलका कार्यकर्ता रहेको सदरमुकामस्थित चोक र कार्यक्रम स्थलबीचको दूरी करिब २ सय मिटर मात्र छ ।
दुई पक्षबीच झडप हुने आशंकामा स्थानीय बासिन्दा शत्रित बनेका छन् । यता स्थानीय प्रशासनले भने सदरमुकामसहित आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । कार्यक्रम स्थल सुरक्षाका लागि सुर्खेतबाट दुई सय सशस्त्र प्रहरी झिकाइएको छ । बिहान कार्यक्रम स्थल प्रवेश गर्ने तयारीमा रहेका विपक्षी दलका कार्यकर्ता सुरक्षा व्यवस्थामा गरिएको कडाइका कारण फर्किएका थिए ।
पार्टीको प्रथम दैलेख जिल्ला सम्मेलन उद्घाटनका लागि अध्यक्ष प्रचण्डसहित एकीकृत माओवादीका शीर्ष नेता आज दैलेख जाँदै हुनुहुन्छ । सदरमुकामस्थित काँडाचौरमा हुने कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले जिल्ला सम्मेलन उद्घाटन गर्ने माओवादी दैलेख संयोजक कर्ण बस्नेतले जानकारी दिनुभयो । सम्मेलन उद्घाटन शत्रलाई अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र संगठन विभाग प्रमुख कृष्णबहादुर महरालगायतले सम्बोधन गर्ने कार्यक्रम छ । अधिवेशनले आसन्न सातौँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयन गर्नेछ ।

कला संस्कृतिको धनी भक्तपुर (फोटो फिचर सहित) भरतबन्धु थापा


कला र संस्कृतिमा निकै धनी जिल्लाका रुपमा परिचित छ भक्तपुर । जसलाई ऐतिहासिक तथा मौलिक शहरका रुपमा पनि चिन्ने गरिन्छ । दिन प्रतिदिन मौलिक संस्कृति लोप हुदै गईरहेको बेला भक्तपुरबासी भने आफ्नो कला र संस्कृतिको जोगाउने अभियानमा लागेका छन् ।
राजनीतिक दलका अधिवेशनमा पनि आफ्नो कला र सस्कृति जर्गेनका लागि झाँकी सहितको प्रदर्शन गर्नेगर्छन भक्तपुरबासी । जसले गर्दा नेपाल आउने पर्यटक मध्ये अधिकांश भक्तपुर जाने गर्दछन् ।नेपाल मजदुर किसान पार्टीको भातृ सगठन नेपाल क्रान्त्रिकारी किसान संघले पनि आफ्नो पाँचौ जिल्ला सम्मेलनको अवसरमा परमपरागत भेषभुषामा सजिएर बाजा गाजा सहितको र्‍याली निकालेको छ ।

सहमतिका लागि सरकार छाड्न तयार छौँ : शेरचन


१० माघ, म्याग्दी। एकीकृत माओवादीका नेता अमिक शेरचनले सहमतिका लागि सरकारबाट हट्न तयार रहेको बताउनुभएको छ । शेरचनले एमाओवादीका सबै नेताहरु सहमति भएमा तत्काल सरकार छाड्ने पक्षमा एकमत रहेको बताउनुभयो ।
 ”अझ एक हप्तासम्म सहमति हुन्छ भने आगामी जेठ महिनामा संविधानसभाको निर्वाचन गर्न सकिने भएकाले तत्काल सरकारबाट राजीनामा दिने कुरामा हामी एकमत छौँ” क्रान्तिकारी पत्रकार सङ्घ म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शेरचनले भन्नुभयो, “सहमति हुन नसके कानुनी प्रक्रिया पूरा गर्न पनि संविधानसभा पुनःस्थापना गर्नुपर्छ ।” उहाँले नयाँ निर्वाचन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन, विघटित संविधानसभामा भएका सहमति तथा असहमतिका विषयलाई लिएर जनतासँग जानेलगायत विषयमा प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिनुभयो ।
 अध्यक्ष दाहालले फरक प्रसङ्गमा अन्य विकल्प नभएको अवस्थामा सहमति र राजनीतिक निकासका लागि मात्र सरकारको नेतृत्व गर्न सक्ने बताउनुभएको हो” शेरचनले भन्नुभयो “संविधानमार्फत जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा तथा संस्थागत गर्ने मुद्दा नै हाम्रो प्राथमिकता हो ।” रासस