१० माघ, काठमाडौं । सरकारविरुद्ध विपक्षी दलहरुको अवरोधका बीच एकीकृत नेकपा माओवादी दैलेखको जिल्ला सम्मेलन सुरु भएको छ ।
सभामा
सहभागी हुन गएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई रोक्ने प्रयास
स्वरुप दैलेख बन्द आहृवान गरेका विपक्षी दलहरुले उद्घाटन समारोहका लागि
बनाइएको मञ्चमा नै आक्रमण गरेपछि केहीबेर सभा अवरुद्ध भएको थियो ।
उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बोल्ने
क्रममा विपक्षी कार्यकर्ताले मञ्चमा नै ढुंगामुढा गरेका थिए । त्यसपछि
सुरक्षा घेराका बीचमा पुनः सभा सुरु गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डले दैलेखमा आन्दोलनरत् विपक्षी दलहरुलाई ‘गुण्डा’को
संज्ञा दिनुभयो । उहाँले भन्नुभयो-’दैलेखका गुण्डाहरुले सभामा ढुंगा हानेर
हामी तीन नेतालाई थप एक बनाइदिएकोमा धन्यवाद ।’
प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष डा.
बाबुराम भट्टराई विदेशी डलरको खेती गर्नेहरुले शान्ति प्रक्रिया भाँड्न
खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री भट्टराईले गुण्डाहरुले आफ्नो
पार्टीको सभा बिथोल्न खोजेको भन्दै जनताले तह लगाउने चेतावनी दिनुभयो ।
डीआइजीसहित ५० घाइते
सभामा अवरोध गर्न खोज्ने विपक्षी
कार्यकर्ता र प्रहरीबीच पटक पटक झडप भएको थियो । झडपका क्रममा डीआइजी
टोपेन्द्रध्वज हमालसहितका ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा
एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, कांग्रेस सभापतिसहितका आन्दोलनकारी
घाइते भएका छन् ।
पत्रिकाको कार्यालयमा तोडफोड
विपक्षी दलहरुको आन्दोलनलाई साथ दिएको
भन्दै एमाओवादीका कार्यकर्ताले हाम्रो तेस्रो आँखा दैनिकको कार्यालयमा
तोडफोड गरेका छन् । उनीहरुले कम्प्युटर, टेबल, कुर्सी र सिसा तोडेका हुन् ।
यसअघि बिहान वाइसीएलका कार्यकर्ताले १० पत्रकारलाई डेकेन्द्रकै हालत
बनाउने धम्की दिएको उनीहरुले बताए ।
No comments:
Post a Comment