Thursday, January 31, 2013

जापानमा हात्तीको पनि जन्मदिन मनाइयो


मानिसले जन्मदिन मनाएको त सबैलाई थाहा, हात्तीको जन्मदिन धुमधामसँग मनाएको सुन्दा भने आश्चर्य लाग्ला ।
हो, जापानको टोक्योस्थित इनाकशिरा पार्कमा जापानको सबैभन्दा बुढो एशियाली हात्तीको जन्मदिन धुमधामसँग मनाइएको हो । जन्मदिन मनाउन विशेष कार्यक्रम नै आयोजना गरिएको थियो ।
हनाको नाम गरेको यो पोथी हात्ती ६६ वर्षको भएको छ । यो जपानको सबैभन्दा वुढो तथा विश्वको तेस्रोृ वुढो हो । हानाको जन्मदिनको पार्टीमा झण्डै ८ सय मानिस सहभागी भएका थिए । हात्तीलाई उसलाई सबैभन्दा मन पर्ने ब्रेड र केक दिइएको थियो ।
 

बाँदरको हातमा आइप्याड


बाँदरको हातमा नरिवल भन्ने उखान त सुनैकै हो । सायद यो उखान अब पूरानो भैसक्यो जस्तो छ । धनी देशहरुका हकमा भने बाँदरको हातमा नरिवल होइन कम्प्युटर तथा मोबाइल जस्ता अत्याधुनिक साधन पर्न थालिसकेका छन् ।
यसको प्रमाण हो अमेरिका । अमेरिकाको नेसनल चिडियाखानाको बाँदरलाई आइप्याड दिइएको छ । चिडियाघरका ओरांगओटनहरु अहिले आइप्याड खेलाउन र त्यसमा भएका विभिन्न गेम खेल्नमा मस्त छन् ।
चिडियाखानाका कर्मचारी बिकी म्यालिन्स्कीका अनुसार यी जनावरको दैनिकीमा केही परिवर्तन होस्, नयाँ कुरा सिकुन् र अल्छि नबनुन् भन्नका लागि उनीहरुलाई आइप्याड बाडिएको हो । यसअघि ती ओरांगओटनलाई विभिन्न खालका खेलौनाका साथै खेल खेलाइने गरिएको थियो ।
आइप्याड दिएसँगै ओरांगओटनहरुले विभिन्न दश खालका गेम एप्सहरु सिकिसकेका छन् । म्युजिक बजाउने, चित्र खिच्ने जस्ता खेल खेल्नमा उनीहरु माहिर भैसकेका छन् । ३६ वर्षका बोनी आइप्याडमा डम बजाएर मिठो संगित निकाल्न खप्पिस बनिसको छ । १६ वर्षको क्याली पियानो बजाउँछ ।
एप्स फर एप भन्ने अभियान अन्तरगत एक संरक्षणवादी संस्थाले यी ओरांगओटन बाँदरलाई आइप्याड उपलब्ध गराएको छ । ओरांगओटनलाई जैविक रुपमा मानिसको सबैभन्दा नजिकको बाँदर प्रजाति मानिन्छ ।

पर्स बिर्सर्ने पर्यटकले जेलको हावा खाए


पर्स सायद मानिसको जीवनको सवैभन्दा महत्वपूर्ण बस्तु हो । क्यास होस वा कार्ड अधिकांशले पर्समै बोक्छन । तर, यही पर्स बिर्सदा कहिलेकाहीं निकै दुःख पाइन्छ । इटलीका पर्यटक ग्राजियानोले पैसा बोकेको पर्स बिर्सदा अमेरिकामा जेलको हावा खानु परेको छ ।
न्यूयोर्कमा रहेको स्टीक एण्ड वीलेन्स्की रेष्टुँरामा पुगेर २ सय ८ डलरको खाना अर्डर गरेका थिए । तर जव उनले खल्ती छामे उनी झसङ्ग भए । खल्तीमा पर्स थिएन ।
उनले रेष्टुँराको क्यासियरसँग प्रस्ताव राखे- धरौटीमा आईफोन राख्ने । तर क्यासियरले उनको प्रस्तावलाई अस्वीकार गरे । अपार्टमेन्टबाट अरु कसैलाई पर्स ल्याइदिन भन्न वा क्रेडिट कार्डमार्फत् तिर्न क्यासियरले सर्त राख्यो । ती दुवै काम गर्न नसकेपछि रेष्टुँरा संचालकले प्रहरीलाई खवर गरे । र उनलाई हिरासतमा लगे ।
भोलीपल्ट उनलाई अदालतसामू पेश गरियो । बिचरा ती पर्यटकले आफ्नो कुनै दोष नभएको जिकिर गरे । अदालतले पैसा तिर्ने सर्तमा उनलाई तत्काल रिहा गर्‍यो ।
ग्राजियानोले रेष्टुँराको त्यो हर्कतप्रति आपत्ति जनाएका छन् । आफ्नो नियत सही भएको भन्दै उनले पर्स बिर्सनुलाई अपराधको रुपमा लिइएकोमा आपत्ति जनाए ।

माओवादी, कांग्रेस, एमाले र पूर्वराजा सबै तानिन्छन्


चित्रबहादुर केसी
अध्यक्ष, राष्ट्रिय जनमोर्चा
 ० शनिबार नयाँ बानेश्वरमा विपक्षी दलहरुको बैठक बसेको थियो, त्यहाँ के छलफल भयो ?
मंसिर ८ देखि राष्ट्रपतिबाट सहमतिको सरकार गठनको आह्वान भए पनि सहमतिको सरकार गठन हुनै सकेन । यसैक्रममा शनिबार नयाँ बानेश्वरमा विपक्षी १०/१२ दलको बैठक बसेको थियो । खास गरेर शनिबारको बैठकमा माओवादीले चुनाव पनि गराउँदैन, सहमति पनि गर्दैन । यति गरिसकेपछि अब संघर्षको विकल्प छैन । एमाओवादीले नयाँ-नयाँ पासो फाल्छ र त्यसो पासो र षड्यन्त्रमा अरु पार्टीहरु पनि जान अञ्जानमा फस्दै गएका छन् । अब एमाओवादीलाई संघर्षविना सत्ताबाट झार्न सकिँदैन भन्ने कुरा कांग्रेस, एमालेले महशुस नगर्नु आश्चर्यको कुरा हो भन्ने हामीले बैठकमा राख्यौं ।
० भनेपछि अब आन्दोलन नगरी हुँदैन भन्ने तपाईहरुको निश्कर्ष हो ?
हो । एमाओवादीले जे बाहनाबाजी गरे पनि मुख्यरुपमा राजनीतिक पार्टीहरुलाई अल्मल्याएर, खेलाएर, फुटाएर र गलाएर आफ्नो सत्ता लम्ब्याउन चाहन्छ । त्यसैले कुनै प्रकारले माओवादीले फालेका जालमा पर्नु निरर्थक र यसले देशलाई बर्बाद पार्छ भन्नेमा प्रायः सबै सहमत भएका छन् ।
० प्रधानमन्त्री फेर्न राष्ट्रपतिलाई दलहरुले लेखेर दिनुपर्छ भन्नेबारे बानेश्वर बैठकमा एमाले नेता माधव नेपालले प्रस्ताव गर्नुभएको हो ?
यसबारेमा पनि छलफल भयो ।
० विपक्षी दलहरुले अझैसम्म पनि आन्दोलनमा जानुको साटो राष्ट्रपतिबाटै आश गरिरहेका हुन् ?
राष्ट्रपतिसँग आश गर्नुभन्दा पनि माओवादीले जेजे नयाँ एजेन्डा फाल्छ, त्यही एजेन्डा बोकेर हिँड्छन्, कांग्रेस र एमालेका साथीहरु । एउटा एजेन्डा फाल्दियो माओवादीले भने त्यसैलाई पत्याएर एमाले पनि हिँड्छ, कांग्रेस पनि हिँड्ने गरेको छ । यस्तो भ्रम पालेर किन हिँड्ने ?
० शीतलनिवासमा भएको पछिल्लो सर्वदलीय बैठकमा राष्ट्रपतिको भनाइ खासमा के थियो ?
राष्ट्रपतिले नयाँ महत्वपूर्ण कुरा के भन्नुभएको छ भने तपाईहरु सत्तापक्ष र प्रतिपक्ष सहमति गरेर आउनुहुन्न भने मबाट अध्यादेश स्वीकृत गराएर मबाट तपाईहरुले अब शासन गर्न पाउनुहुन्न । तपाईहरुलाई शासन चलाउन जुनजुन अध्यादेशको खाँचोपर्छ त्यो जारी गरिरहने काम अब मबाट हुँदैन भन्नुभएको छ राष्ट्रपतिले । तपाईहरुले सहमति गरेर लु यो अध्यादेश जारी गरेर मुलुकलाई निकास दिनुपर्‍यो भन्नुहुन्छ भने मैले जारी गर्नैपर्छ, होइनभने सरकारलाई जुन कुराको खाँचो पर्छ, त्यही चाँहि स्वीकृत गर्नुपर्‍यो भन्दैमा मबाट हुँदैन भन्नुभयो ।
० आन्दोलनमा जाने त भन्नुभयो, आन्दोलनको कार्यक्रम कहिले बनाउँछन् त विपक्षीले ?
सोमबार बस्ने बैठकले आन्दोलनको कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको छ । आइतबार नै बस्ने भनेको तर, ड्यास माओवादीलाई पनि पर्खनुपर्ने भएकाले सोमबार बैठक गर्ने भनिएको हो । ड्यास माओवादी पनि आन्दोलनमा जानका लागि तयार छ । आन्दोलनमा उसलाई पनि सामेल गर्नुपर्छ । किनभने शक्ति त चाहियो नि । ड्यास माओवादी, कांग्रेस र एमालेसमेत मिलेर आन्दोलनमा जानुपर्छ ।
० उपेन्द्र यादवहरु पनि तपाईहरुको मोर्चामा आएका हुन् ?
उपेन्द्र यादव, शरतसिंह भण्डारी, रोहित पनि बैठकमा आए । विस्तारै अब धु्रबीकरण हुँदैछ । नेताहरुको घैँटामा घाम लाग्न थालेको छ ।
० दैलेख घटनाबारे राष्ट्रिय जनमोर्चाको धारणा के हो ?
हामीले त यसबारेमा विरोध प्रदर्शन नै गरेका छौं । हत्यारालाई कारवाही नचलाउन प्रधानमन्त्री बोलेकै दिन हामीले सबैभन्दा पहिले राष्ट्रव्यापीरुपमा विरोध गरेका हौं । मैले नै नयाँ बानेश्वरमा भाषण गरें । हामीले दोषीलाई तुरुन्त कारबाही हुनुपर्छ, प्रधानमन्त्रीबाट गैरजिम्मेवार कुरा गर्न पाइँदैन भनेका छौं । अहिले पनि दैलेखमा भैरहेको आन्दोलनमा राष्ट्रिय जनमोर्चा अगाडि नै छ ।
० तर, द्वन्द्वकालमा मारिएका सबैको मुद्दा खोतल्न हुँदैन भन्दैछन् नि माओवादीहरु ?
चोरको खुट्टो झिक् भन्दा आफ्नो पर्ने भएर उनीहरु आत्तिएका हुन् । यही भएर त उनीहरुले ६ वर्षसम्म सत्य निरुपण आयोग बनाएनन् । जसको कथित जनयुद्धसँग सारेका थिएन, तिनीहरु चन्दा नदिएका कारणले काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् । राज्यपक्षले त झन् माओवादीले भन्दा हजारौं गुणा अपराध गरेको छ । त्यही बेलामा सुरक्षा निकायका मान्छेहरुले अकूत सम्पत्ति पनि कमाएका छन् । नेपाली जनताको ज्यान लिनेमा माओवादीलाई राज्यपक्षले १ सय ८० डिग्री उछिनेको छ । त्यसैले सत्य निरुपण आयोग नबनाउन कांग्रेस, एमाले र एमाओवादी तीनैथरिको अघोषत सहकार्य छ । साच्चै छानविन गर्ने हो भने त्यतिबेलाका सत्ताधारी कांग्रेस, एमाले, ज्ञानेन्द्र र विद्रोही माओवादीसमेत सबै तानिन्छन् । त्यसैले यिनीहरु भरसक सत्य निरुपण आयोग बनाएर सत्यतथ्य बाहिर ल्याउन चाहन्नन् ।
० भनेपछि दोषीलाई कारवाही हुन नदिनेमा एमाओवादीमात्रै नभएर कांग्रेस, एमाले पनि पर्छन् ?
हो । यी तीनवटैको अघोषित सहकार्य छ । मैले त चारवर्षसम्म संविधानसभामा यिनीहरुको नाटक प्रत्यक्ष देखेको छु । त्यसैले ०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ । त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्, पूर्वराजा पनि तानिन्छन् ।
० उसोभए कांग्रेस-एमाले र माओवादी जो सत्तामा भए पनि द्वन्द्वकालका पीडितले न्याय नपाउने रहेछन् हैन ?
यिनीहरुले नगरे पनि नेपाली जनताले यसको हिसाब किताब लिएरै छाड्छन् । यिनीहरुमात्रै सधैं सत्तामा रहिरन्छन् भन्ने छैन ।
० लण्डनमा कर्णेल कुमार लामा पक्राउ परेकोमा जनमोर्चाले स्वागत गरेको हो ?
हो । मानवताविरोधी अपराध गर्ने, यद्ध अपराध गर्नेहरुलाई कारवाही कहीँ पनि गर्न सकिन्छ, गर्नुपर्छ । घरघरबाट निकाले जनतालाई सुरक्षा निकायले निर्मम हत्या गरेको छ । कथित जनयुद्धको विरुद्ध अभियान चनाउने जनमोर्चाका कार्यकर्ता पनि मारिएका छन् । सुरक्षा निकायले जनताका घरमा आगो लगाएका छन्, बलात्कार गरेका छन् । नागरिकलाई बेपत्ता पारेका छन् । यिनको हिसाब-किताब आज एमाओवादी वा कांग्रेस, एमाले सत्तामा भएका बेला नभए पनि ढीलो चाँडो नेपाली जनताले खोज्छन् र खोज्नुपर्छ ।

चर्चा पाउन तरुनीको घिनलाग्दो काम (फोटोफिचर सहित)


मान्छेले चर्चा कमाउन के सम्म गर्दैन ? अहिले त अझ इन्टरनेट चर्चा कमाउने सजिलो थलो बनेको छ । फेसबुक तथा  यूट्युव लगायतका साइटहरुमा पोष्ट गरिने सामाग्रीहरु लाखौँले हेर्छन् । त्यसैले चर्चित हुनका लागि मान्छेहरुले इन्टरनेटमार्फत अनौठा करतूत सार्वजनिक गर्छन् ।
हालै यस्तै अनौठो तर घिनलाग्दो भिडियो इन्टरनेटमा खुबै चर्चित बन्यो । जियोवान्ना प्लावमन नामकी युवतीले फेसबुक तथा ट्विटरमा राखेको आफ्नै भिडियो साँच्चीकै घिनलाग्दो थियो । उनले महिनावारी भएको बेला लगाएको प्याड मुखले चुसेर सफा गरेको दृश्य अपलोड गरेकी थिइन् ।
रगतले भिजेको प्याड मुखले चुसेर सफा गरेको भिडियो राख्नेबित्तिकै ट्विटरमा उनलाई फलो गर्नेहरु एकाएक ९ हजार पुगे भने उनको फेसबुक पेज मन पराउनेको संख्या २ लाख नाघे । यूट्युव मा पनि यो भिडियोले उत्तिकै चर्चा पयो । यद्यपि अश्लील तथा घिनलाग्दो भएको भन्दै फेसबुक र यूट्युवले यो भिडियो हटाइसकेका छन् ।
कतिपयले ती केटीले साँच्चीकै महिनावारीको रगतले भिजेको प्याड चुसेको हो भनेका छन् भने कतिपयले टमाटर सस तथा रातो रंगको कुनै तरल पदार्थमा प्याड भिजाएर रगत जस्तै पारी चुसको र मानिसलाई बेवकुफ बनाएको दाबी गरेका छन् ।
 


प्रचण्ड र बाबुराम दुबै पदलोलुप



20
-मोहनविक्रम सिंह, महामन्त्री, नेकपा मसाल
एमाओवादी अध्यक्ष प्रचण्डले यसैसाता मोहन वैद्यलाई ‘दोस्रो मोहनविक्रम सिंह’ को संज्ञा दिनुभएको थियो । तर, वास्तविक मोहनविक्रम सिंहले चाहिँ प्रचण्ड, बाबुराम र मोहन वैद्यलाई के भन्नुहुँदो हो ? सिंहको आरोप छ- वैद्य र राजावादीहरु एकठाउँमा उभिन्छन् । अनलाइनखबरले नेकपा मसालका महामन्त्री सिंहसँग एमाओवादी, माओवादी र मुलुकको तत्कालीन राजनीतिक स्थितिबारे कुराकानी गर्दा उहाँले भन्नुभयो-’प्रचण्ड र बाबुराम माक्र्सवाद लेनिनवादबाट धेरै तल गिरिसकेका छन् ।’ 
अहिले सरकारमा एमाओवादीले खेलेको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–अहिले संविधानसभा नभएको अवस्थाबाट फाइदा उठाएर उनीहरु यो सत्तालाई लामो समयसम्म कायम राख्ने र लम्ब्याउने प्रयत्न गरिराखेका छन् । उनीहरु राष्ट्रिय सहमतिको सरकार बन्न दिँदैनन् । सहमतिको सरकार नबने चुनाब हुँदैन । अध्यादेशमार्फत् राष्ट्रपतिलाई दबाव दिएर उनीहरु आफ्नो शासन लम्ब्याउन चाहन्छन् । उनीहरुको यो कार्यप्रणालीले लोकतन्त्रलाई मात्रै होइन, स्वयं उनीहरुलाई पनि फाइदा गर्दैन । यसबाट भोलि कुनै पनि दिशाबाट नयाँ शक्तिहरु पैदा हुन सक्छन् र बहुदलीय प्रणालीलाई, माओवादीलाई र हामी सबैलाई खत्तम गर्न सक्छ । त्यसैले उनीहरुले अहिले जुन प्रकारको नीति अपनाइरहेका छन्, यो गम्भीर प्रकारको गल्ती हो ।
सेना र एमाओवादीवीच सम्बन्ध सुधि्रन थालेको बताइँदैछ, उनीहरुले कुनै पनि बेला ज्ञानेन्द्रसँग मिलेर लोकतन्त्र मास्ने सम्भावना छ कि छैन ?
–एमाओवादी भनेको अवसरवादी र ‘क्यारिअरिस्ट’ हो । उनीहरुले कुनै सिद्धान्त र नीतिका आधारमा काम गर्दैनन् । आफ्नो क्यारिअर बनाउनका लागि जुनबेला, जुन शक्तिसँग पनि मिल्न सक्छन् । हामीले यो कुरा बारम्बार भन्दै आएका छौं । जो सँग सिद्धान्त हुन्छ, उसले सिद्धान्त मिल्नेसँगमात्रै सहकार्य गर्छ, तर जो अवसरवादी छ, ऊ जोसित पनि मिल्न सक्छ । उदाहरण त हाम्रै अगाडि छँदैछ, विगतमा यिनीहरुले राजावादीसँग मिलेर बहुदलीय व्यवस्था मास्न प्रयत्न गरे । भारतसँग मिलेर आफ्नो फाइदा उठाउने प्रयत्न गरे । अमेरिका गएका बेला नेपालमा दुईसय वर्ष समाजवाद आउँदैन भने । यी सारा चिजले गर्दा यिनीहरु कुनै पनि बेला कुनै पनि समूहसित मिल्ने सम्भावनालाई हामी अस्वीकार गर्दैनौं ।
एमाओवादीले सत्ता कब्जा गर्ला त ?
–यो उनीहरुको अपरिपक्व सोचाइ हो । दाङमा हतियार कब्जा गरेका बेला उनीहरुले काठमाडौं कब्जा गर्ने कुरा गरेका थिए । त्यसपछि प्रचण्ड सरकारमा भएका बेला सेनापति रुक्माङ्गद् कटवालका टाउँमा कुलबहादुर खड्कालाई ल्याएर सत्ता कब्जा गर्न खोजेका थिए । त्यसमा पनि सफल भएनन् । यिनीहरु सोच्न त सोच्छन्, तर सोच्दैमा त्यो पूरा हुन सक्दैन । उनीहरु अपरिपक्व किसिमले सोच्छन् । तर, यसरी लोकतन्त्रलाई कमजोर पार्ने काम गरियो भने यसको फाइदा प्रतिक्रियावादी र विदेशी शक्तिहरुले उठाउँछन् ।
तपाईहरु कांग्रेस, एमालेसहित ९ दलको संयुक्त आन्दोलनमा हुनुहुन्छ, कहिले आन्दोलन सफल होला ?
–समयबारे अहिले हामीले केही पनि विश्लेषण गरेका छैनौं ।
आन्दोलन दीर्घकाल जान्छ कि चाँडै टुंगिन्छ ?
–अहिले आन्दोलनको पक्ष अत्यन्तै कमजोर छ भन्ने हाम्रोे विश्लेषण रहेको छ । लोकतान्त्रिक आन्दोलनको पक्षमा भएका शक्तिहरु अहिले विभाजित छन् । स्वयं नेपाली कांग्रेस र एमालेको ठोस नीति र भूमिका छैन । यसले गर्दा आन्दोलनले छिटै सफलता हासिल गर्छ भन्ने देखिन्न ।
आन्दोलनमा के कमजोरी देखिएका छन् ? यसलाई सुधार्ने उपाय के हो ?
–आन्दोलनको विषयमा कांग्रेस र एमालेसँग ठोस कार्यक्रम छैन । उनीहरुमा ढुलमुल प्रकारको चरित्र छ । हामी कांग्रेस एमालेसँग आन्दोलनमा सहकार्य गरिरहेको भए पनि वैद्य पक्षलाई समेत भट्टराई सरकारविरुद्ध आन्दोलनमा लिएर जानुपर्छ भन्ने हाम्रो सोचाइ छ । वैद्य पक्ष राष्ट्रियताको पक्षमा आन्दोलनमा आउँछ भने लिएर जानुपर्छ भन्ने हाम्रो सोचाइ रहे पनि उनीहरुलाई संयुक्त आन्दोलनमा आउन अप्ठ्यारो परेको छ । यिनीहरु प्रचण्डभन्दा पनि बढी जातिवादको कट्टर समर्थक छन् । कांग्रेस, एमालेमा यस्तो छैन । अर्कोतिर हामी संघीयताको विरोध गर्छौं, उनीहरु संघीयताको समर्थन गर्छन् । अर्कातिर डेकेन्द्र थापाको प्रश्नले पनि अप्ठ्यारो पारेको छ । सबै दलहरु डेकेन्द्र हत्याको विरोधमा छन्, वैद्य पक्षले डेकेन्द्रका हत्यारालाई जोगाउन पूरा प्रयत्न गरिराखेका छन् । यसले गर्दा संयुक्त आन्दोलनमा कयौं जटिलताहरु छन् । तैपनि हाम्रो जोड कुनै खास इस्युमा मिलेर संयुक्त आन्दोलनमा जानुपर्छ भन्ने रहेको छ । शुरुमा कांग्रेस, एमालेले पनि हामीलाई संघीयता विरोधी भन्दै मिलेर जान अन्कनाएर आफूले मात्रै आन्दोलन घोषणा गरेका थिए ।
आन्दोलनमा देखिएको यस्तो जटिलताको फाइदा एमाओवादीलाई पुग्छ होला होइन ?
–यसको फाइदा एमाओवादीलाई पुग्छ, एमाओवादीभित्रको अन्तरविरोधको फाइदा अरुलाई पुग्छ ।
कसरी ?
माओवादीभित्रको एउटा समस्या बाबुराम र प्रचण्डवीचको विवाद हो । बाबुराम सत्तामा छन् । तर, उनी सत्तामा भएको प्रचण्डलाई राम्रो लागेको छैन । आफ्नो क्यारिअरिस्ट चरित्रअनुसार प्रचण्ड आफैं प्रधानमन्त्री हुन चाहन्छन् । उनीहरुवीचको यो अन्तरविरोध बाहिरै देखापर्ने गरेको छ । हालै प्रचण्डले सबैले मान्छन् भने म प्रधानमन्त्री हुन तयार छु भने । बाबुरामले यो त ठट्टामात्रै हो भनेर यसलाई अवमूल्यन गरेर प्रचण्डलाई निषेध गरिदिए । बाबुरामलाई हटाएर आफू प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने प्रचण्डलाई छ भने बाबुरामचाँहि पार्टीमा आफ्नो पकड कमजोर भए पनि, संविधानसभा नभए पनि भारत र मधेसवादीहरुको समर्थनले टिक्न सकिन्छ भनेर ढुक्क लागेको छ । प्रचण्डले केही पनि गर्न सक्दैनन् भन्ने छ । यो कुरा प्रचण्डले पनि बुझेका छन् । यसले गर्दा उनीहरुवीच भोलि नयाँ प्रकारको अन्तरविरोध पैदा हुने स्थिति देखिन्छ । यही कारण उनीहरु आफ्नो स्थिति मजबुद पार्ने कोशिसमा छन् । बाबुराम लामो समय रहे भने स्थिति मजबुत पार्छन्, त्यसैले यिनलाई हटाउन पाए हुन्थ्यो भन्ने प्रचण्डलाई लागेको छ । यही भएर प्रचण्डले कयौंपटक विकल्प ल्याए, तर बाबुराम सरकारमा रहिरहने पक्षमा छन् ।
एमाओवादी र माओवादीमा के फरक छ ?
–यिनीहरुमा केही वैचारिक भिन्नता छ । तर, यो नै एकमात्रै प्रमुख कारणले पार्टी फुटेको होइन । राजाको प्रश्नलाई लिएर विगतदेखि नै माओवादीभित्र मतभेद रह्यो । विगतमा राजाले विभिन्न कम्युनिष्टहरुलाई आफ्नो नजिक ल्याउने प्रयत्न गरे, जसबाट सबैभन्दा बढी माओवादी प्रभावित बन्यो । राजासँग हाम्रो कार्यगत एकता थियो भनेर माओवादीका नेताहरुले नै स्वीकारिसकेका छन् । वास्तवमा राजाले उनीहरुलाई बहुदलीय व्यवस्थाविरुद्ध उपयोग गरेकै हुन् । त्यसैले माओवादीले बहुदलीय व्यवस्थाविरुद्ध प्रहार गरे, कांग्रेस, एमालेका कयौं कार्यकर्ताहरुको अपहरण र हत्या गरे ।
माओवादीले राजाविरुद्ध दलहरुसँग मिलेर गणतन्त्र ल्याएको हैन र ?
–यिनीहरुले राजाले बढी नै सहुलियत दिन्छन् भन्ने सोचेका थिए । तर, पछि राजाले उपयोग गरेको मात्रै हो भन्ने प्रष्ट भयो । त्यसपछि माओवादीहरु इण्डियातिर झुक्न थाले । इण्डियाले यिनीहरुलाई उपयोग गर्न थाल्यो । माओवादीको अवसरवादी चरित्रले गर्दा उनीहरुलाई कहिले राजाले उपयोग गरे, कहिले इण्डियाले उपयोग गर्यो । तर, त्यसभित्र बाबुराम भट्टराईचाँहि अलिकति गणतन्त्रको पक्षमा देखिन्थे । त्यसपछि चुनवाङ बैठकबाट उनीहरुमा महत्वपूर्ण परिवर्तन भयो । त्यसपछि उनीहरु बहुदलीय व्यवस्थाको विरुद्ध नभई यसको पक्षमा आए । राजतन्त्रको विपक्षमा आए । माओवादीहरु आफ्नो यही नीतिले गर्दा देशमा गणतन्त्र आएको हो भन्ने दाबी गर्छन्, तर हाम्रो दाबी के छ भने उनीहरुको नीति सफल भएको भए नेपालमा गणतन्त्र आउने थिएन, राजतन्त्र नै कायम रहन्थ्यो । किनभने उनीहरुको जोड राजासँग मिलेर बहुदलीय व्यवस्थालाई खत्तम पार्ने थियो । तर, उनीहरुको यो नीति असफल भयो र यतापट्टी आए । उनीहरुको राजनीतिक पराजय भयो । तर, उनीहरुभित्रको ठूलो फोर्सले आन्दोलनलाई मद्दत पुर्‍याएको पक्ष पनि छ ।
यहाँको विचारमा वैद्य, प्रचण्ड र बाबुराममा को ठीक ?
वैद्यहरुको असन्तुष्टि ०६२/०६३ को आन्दोलनप्रति पनि थियो । चुनवाङ बैठक, बाह्रबुँदे सम्झौता सबैमा उनीहरुको असन्तुष्टि थियो । संविधानसभामा वैद्य चुनिएका थिए, पछि राजीनामा दिए । पछि उनीहरुले हामी लोकतान्त्रिक संविधान बन्न दिन्नौं भन्न थाले । अहिले पनि उनीहरु संविधान बनाउने, संविधानसभाको चुनावमा जाने आदि कुरालाई निषेध गरिरहेका छन् । अहिले पनि उनीहरु जनवादी संविधान चाहिन्छ भनिरहेका छन् । यसरी उच्च क्रान्तिकारी कुराहरु गरेर अहिलेका उपलब्धीलाई निषेध गर्ने नीति सही छैन । हामीले के भनेका छौं भने तपाईहरुले जति क्रान्तिकारी कुरा गरे पनि यसले राजावादीलाई मद्दत पुग्छ । र, यही विन्दुमा गएर राजावादी र मोहन वैद्यहरु एकठाउँमा उभिन्छन् । उनीहरुवीच अघोषित कार्यगत एकता हुन्छ । राजावादीहरु पनि यसैगरी अहिलेका उपलब्धीलाई समाप्त गर्न चाहन्छन् । वैद्यहरु पनि यही विन्दुमा जान्छन् र दुबै मिल्छन् ।
प्रचण्ड, बाबुराम नि ?
–प्रचण्ड-बाबुरामहरु माक्र्सवाद लेनिनवादबाट धेरै तल झरिसकेका छन् । जुन प्रश्नमा माओ र खु्रश्चेभवीच वैचारिक संघर्ष भएको थियो, त्यसमा प्रचण्डले माओको पक्ष छाडेर खु्रश्चेभको पक्ष लिइसकेका छन् । प्रचण्डले शान्तिपूर्ण तरिकाले जनवादमा जान सकिने बताएका छन् । दोस्रो, प्रचण्डले बहुदलीय व्यवस्थालाई रणनीतिक हिसाबले समर्थन गछौर्ं भनेका छन् । यो बहुदलीय व्यवस्थालाई समाप्त पारेर नौलो जनवादतिर जानेे हाम्रो प्रयत्न हुनुपर्ने हो । यो वैचारिक प्रश्नमा बैद्यहरुचाहिँ केही सही ठाउँमा भएकाले हामीले उनीहरुलाई समर्थन गरेका छौं । तर, कार्यनीतिक प्रश्नमा अहिले बहुदलीय व्यवस्थालाई समर्थन गर्नुपर्छ । त्यसैले यसमा हामीले बाबुरामको लाइनलाई समर्थन गर्छौं । प्रचण्डको चाहिँ आफ्नो लाइन कहिल्यै रहेन । कहिले वैद्यतिर, कहिले बाबुरामतिर मिलेर आफ्नो स्थिति मजबुद पार्ने खेलमा मात्रै लागे प्रचण्ड । कार्यनीतिक प्रश्नमा सही लाइन भए पनि बाबुरामको लाइन भारतपरस्त छ, त्यसलाई हामी आलोचना गर्छौं । सैद्धान्तिक रुपमा पनि बाबुराम प्रचण्ड तल गिरिसकेका छन्, राष्ट्रियतामा पनि उनीहरुको दृष्टिकोण सही छैन ।
प्रचण्ड, बाबुराम क्यारिअरिष्ट चरित्रका छन् । उनीहरु पदलोलुप छन् । सिद्धान्त र नीतिलाई भन्दा आफ्नो निजी स्वार्थलाई बढ्ता ध्यान दिन्छन् । तल्लो तहका कार्यकर्ताहरु इमान्दार क्रान्तिकारी भए पनि प्रचण्ड, बाबुराममा यसको कमी रहेको छ । प्रधानमन्त्रीबाट राजनीनामा दिएपछि प्रचण्डको नारा एउटै रह्यो, जवसम्म हाम्रो नेतृत्वमा सरकार बन्दैन, तबसम्म संविधान बन्न दिँदैनौं । पछि पनि उनीहरुले संविधान बनाउने कार्यमा बाधा हाल्ने काम गरे ।
दुईवटै माओवादीसँग मिल्ने कुरा पनि छन् कि ?
–प्रचण्ड पक्ष र वैद्यपक्ष दुबै जातिवादमा गएका छन् । अर्को, उनीहरु दुबैपक्षमा सामाजिक फासीवादी प्रकारको प्रवित्ति र शैली छ । उनीहरुले सर्वसाधारणा जनतामाथि जुन ढंगको अत्याचार गरे, त्यो सामाजिक फासीवादी प्रकारको थियो । अहिले दैलेख प्रकरणमा पनि उनीहरु दुबै पक्षको दृष्टिकोण एउटै छ । डेकेन्द्र हत्याका अभियुक्तलाई बचाउन दुबैपक्ष एकै ठाउँमा गएर उभिएका छन् ।
अहिलेको जटिल अवस्थाबाट राजावादीले फाइदा उठाउने सम्भावना कति छ ?
–राजावादीहरु आफैं फाइदा उठाउन सक्ने स्थितिमा छैनन् । तर, अरु दलहरु भन्दा राजाबाट बढी फाइदा उठाउन सकिन्छ भन्ने विस्तारवादी शक्तिले सोच्यो र सामर्थन दियो भनेमात्रै राजावादीहरु अगाडि आउन सक्छन्, अन्यथा आफ्नै बुँतामा आउने स्थिति छैन ।
एमाओवादीलाई निषेध गरेर सिध्याउनुपर्ने कुरो उठ्न थालेको छ, के अब देशमा अतिवाद बढेको हो ? सहमतिको साटो दलहरु सडकमा उत्रिएका छन्…..
–सडकमा कांग्रेस, एमाले आएका होइनन्, एमाओवादीको नीतिले गर्दा यस्तो भएको हो । माओवादीले सहमति हुनै दिएन । उनको सरकारको निरन्तरता हुनुपर्ने र उनीहरुले भनेको मानेमा मात्रै सहमति हुनुपर्छ रे । यो त सहमति हुने कुरै होइन । त्यसैले अहिलेको स्थिति भनेको माओवादीले पैदा गरेको हो । उसले यसो गरिसकेपछि उसका विरुद्ध संघर्षमा जानुबाहेक अर्को के उपाय छ ?
अब सडकबाटै हिसाब-किताब हुन्छ ?
–तार्किक निश्कर्ष त यही हो । तर, आन्दोलन शक्तिमाथि निर्भर गर्छ । आन्दोलनमा जनताको शक्ति आएन भने देश अन्यौलपूर्ण स्थितिमा जान्छ र गलत प्रकारका तत्वहरु अगाडि आउने सम्भावना हुन्छ ।
यहाँको विचारमा नेपालको अबको राजनीतिक भविश्य के हो ?
–देशमा यो स्थिति कायम रहिरह्यो र देश सही समाधानतिर जान सकेन भने अहिलेका सबै राजनीतिक पार्टीहरु असफल सावित भएपछि भावी पिँढीले शायद लामो बलिदान गर्नुपर्ने हुन सक्छ । अहिलेका राजनीतिक शक्तिहरुकै भूमिकाले गर्दा देशमा यस्तो हुन सक्छ । एकातिर माओवादीले देशलाई निकास नदिएर अघि बढ्न नदिने, अर्कातिर अन्य राजनीतिक शक्तिहरुले सशक्तरुपमा आन्दोलन बढाउनका लागि व्यापक जनसमर्थन प्राप्त नहुने स्थितिले देशलाई कठिन अवस्थामा पुर्‍याउन सक्छ ।

बेलायतले दियो ‘सेक्स-कोचिङ’लाई बैधानिकता


पढाइ-लेखाई, खेलकुद लगायतका काममा प्रशिक्षकले प्रशिक्षण दिएको त हामीले देखिजानेकै कुरा भयो । तर, अब सेक्सका लागि पनि कोचिङ क्लास हुन थालेको छ ।
यो कुनै उटपट्याङ काम गर्ने कम्पनीले थालेको हैन, बेलायत सरकारले नै सेक्स कोचिङलाई औपचारिक मान्यता दिएको छ । यदि तपाई सेक्सको प्रशिक्षक बन्न चाहनुहून्छ भने बेलायत सरकारले तपाईलाई प्रमाण पत्र दिन्छ । बेलायतले सेक्स थेरापिस्टलाई सस्तो प्रमाणपत्र दिन थालेको हो । जसले सेक्सुअल हेल्थ राम्रो राख्न र समस्याहरुबाट छुटाकारा दिलाउन सहयोग गर्छन् ।
बेलायती पत्रिका दि इण्डिपेन्डेन्टका अनुसार ५१ वर्षीय जेन सरकारी सेक्स कोचमा नियुक्त भएका छन् । उनी जस्तै माइक लोउसाडा पनि सेक्स कोचका रुपमा काम गर्छन् ।
सेक्स थेरापिस्टहरुले यौन सम्वन्ध राख्ने तरिका, आनन्द लिने कला र आसनहरु सिकाउने छन । तर, बिद्यार्थीसँग यस्तो सम्बन्ध भने राख्न पाउने छैनन् ।

गुप्ताङ्गमा बिष राखेर श्रीमानको हत्या प्रयास


अक्सर अपराधिहरु अपराधकर्मका लागि नयाँ-नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरुको सिर्जनशिलता देखेर पुलिस पनि बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।
ब्राजिलकी एक महिलाले आफ्नो श्रीमान्को हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् । उनले आफ्नो गुप्ताङमा प्राणघातक बिष राखेर श्रीमानको हत्या गर्ने योजना बनाइन् ।
योजना अनुसार उनले आफ्नो गुप्ताङमा बिष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, गुप्ताङमा अर्के किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।
बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमान त्यहाँबाट भागेका थिए । त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिक्षण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा बिष राखिएको पुष्टी गरे ।
धन्न श्रीमानले गन्धका कारण श्रीमतीको यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले खुलाएका छैनन् ।

भूतको जुलुस (फोटोफिचर सहित)


हामीकहाँ प्राकृतिक प्रकोपबाट पीडितहरुको उद्दार र सहयोगका लागि भन्दै वर्षायाम लाग्नै बित्तिकै विभिन्न संस्थाहरु चन्दा सहयोग माग्दै हिड्छन् । माइकिङ गर्नेदेखि लिएर ब्यानर बोकी डुल्ने र सांगितिक कार्यक्रम समेत हुन्छन् ।
तर इण्डोनेसियामा भने बाढि पीडितका लागि आर्थिक सहयोग जुटाउन भन्दै भुतको जुलुस निकालिएको छ । इण्डोनेसियन जोम्बी क्लबका युवाहरुले राजधानी जकार्तामा भुत जुलुस निकाले ।
जसमा युवाहरु विभिन्न डरलाग्दा भुतको जस्तो अनुहार बनाएर सडकमा उत्रिएका छिन् । भुतको जुलुसमा सयौं युवा सहभागी थिए ।

भोकले गालेपछि बाउले खाए आफ्नै सन्तान


परमाणु हतियारको विकाशमा लाग्दै पश्चिमा विश्वलाई आयलकायल पारिरहेको उत्तर कोरियाली जनता भोकमरीको चरम चपेटामा परेको खबर सार्वजनिक भएको छ । त्यहाँ भोकमरी यति नराम्ररी फैलिएको छ कि भोकले ग्रस्त भएपछि एक जना उत्तर कोरियाली पुरषले आफ्ना दुइजना बच्चालाई मारेर मासु खाएका छन् । बच्चालाई मारेको आरोपमा ती पुरुषलाई फाँसीको सजाय दिएको छ सरकारले ।
समाचार अनुसार उत्तर कोरियामा भोकमरी यतिधेरै फैलिएको छ कि त्यहाँ मान्छेले मान्छे खाने अवस्था उत्पन्न भएको छ । भोकमरीकै कारण मानिसहरुले चिहानबाट मान्छेका लास निकालेर समेत खाने गरेका छन् ।
सन्डे टाइम्स पत्रिकामा छापिएको खबर अनुसार हालै भोकमरी ग्रस्त एक वृद्धले भोकमरीबाटै मरेको नातिको लास चिहानबाट निकालेर त्यसको मासु खाएर भोक शान्त पारेका छन् । उत्तर कोरियाका जेलहरुमा समेत भोकमरी फैलिएको र मान्छेले मान्छे खाने घटना सुरु भैसकेको समाचार छ ।
एसिया प्रेसको समाचार अनुसार भोकमरीबाट उत्तर कोरियाका विभिन्न प्रान्तमा गरी १० हजार भन्दा बढि मानिसको ज्यान गैसकेको छ । उत्तरी र दक्षिणी हवांगइ प्रान्तबाट अन्नजफत गरेर सरकारले राजधानी पूराएकाले ती क्षेत्रमाभोकमरी फैलिएको बताइउको छ ।
स्मरण रहोस् यसअघि सन् १९९० मा उत्तर कोरियामा भएको भिषण अनिकालमा परी साढे ३ लाख जनाले ज्यान गुमाएका थिए ।

८ प्रतिशत अमेरिकी नांगै सुत्छन्


हालै गरिएको एक सर्भेक्षणले सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्ने गरेका देखाएको छ । सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केही पनि नलगाइकन सुत्ने गर्छन् ।
एक कम्पनीले ३ हजार ७ सयजना अमेरिकीमा गरेको सर्भेक्षणले यस्तो देखाएको हो । सर्भेक्षण अनुसार ६५ प्रतिशत अमेरिकीले हप्तामा तीन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरु चार रातको सुताइ उतिसारो आनन्ददायी नहुने र राम्रो निद्रा नपर्ने उनीहरुले बताए । ४७ प्रतिशतले घुर्ने मान्छेसँग सुत्नु परेको गुनासो गरे ।
७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न गरेका सर्भेक्षणले देखाएको छ ।
सर्भेक्षणले धेरै अमेरिकीले आफुले देखेको सपनाभुल्ने गरेको तथ्य समेत पत्ता लगाएको छ । आधाजसो अमेरिकीले आफुले रातमा देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्झिन सक्दैनन् । जबकी १० प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् ।

भक्तपुरमा दुई घरमा आगलागी, २० लाखभन्दा वढिको क्षति


भरतबन्धु थापा
१८ माघ, भक्तपुर । भक्तपुरको ताथली-७, सौडालमा दुईवटा घरमा विहीवार विहान आगलागी भएको छ । आगलागीवाट शिव छुँका र राजाराम छुंकाका दुईवटा चार तले घर जलेर नष्ट भएका छन् । आगलागीवाट झण्डै २० लाख वरावरीको क्षति भएको प्रहरीले जनाएको छ ।
शिवको घरको ग्यास चुलोवाट सल्केको आगोले राजाराम छुँकाको घर पनि जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।
आगोसंगै राखेको पराल र छ्वालीमा सल्केपछि आगो राजारमको घरमा पनि सल्केको थियो । आगलागीवाट मानवीय क्षति नभएपनि घरमा रहेका अन्नपात, भाँडाकुँडा, लताकपडा लगातका सामान जलेर नष्ट भएका छन् । आगलागी भक्तपुर र काठमाडौंका गरि तीनवटा दमकल, प्रहरी र स्थानियबासीको सहयोगमा नियत्रण्मा लिइएको थियो ।

चन्दा माग्दै एमाले अध्यक्ष खनाल घरदैलोमा


१८ माघ, इलाम । नेकपा एमाले अध्यक्ष झलनाथ खनाल इलाममा चन्दा संकलनका लागि विहीबार आयोजित घरदैलो अभियानमा सहभागी हुनुभएको छ । जिल्लामा निर्माण हुन लागेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि आर्थिक सङ्कलन सहयोग समितिले आयोजना गरेको घरदैलो अभियानमा अध्यक्ष खनाल सहभागी हुनुभएको हो ।
इलामको सुकिलुम्बामा निर्माण गर्न लागिएको विमानस्थलका लागि इलामवासीहरुले आर्थिक संकलन सहयोग समिति गठन गरेर आर्थिक सहयोग जुटाउँदै आएका छन् । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन जिल्ला पुगेका बेला खनालले आफ्नो गृहजिल्लाको विकास अभियानलाई साथ दिनुभएको हो ।
उक्त विमानस्थल निर्माणका लागि चाहिने ३ सय २५ रोपनी जग्गा मध्ये २ सय ६६ रोपनी जग्गा खरिद गरिसकिएको र बाँकी रहेको ६२ रोपनी जग्गा खरिद गर्नका लागि आर्थिक अभियान सञ्चालन गरेको विमानस्थल निर्माण समितिले जनाएको छ ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल जग्गा व्यवस्थापन समिति अन्तर्गतको आर्थिक समितिका संयोजक रहनुभएका हिमालय कर्मचार्यले भन्नुभयो ‘गत बर्ष दुईसय ६६ रोपनी जग्गा खरिद गरेका छौं, उक्त जग्गाको मुआव्जा र भौतिक संरचनाको क्षतिपूर्ति बापत १ करोड ८० लाख रुपैयाँ तिरेका छौं, अब बाँकी ६२ रोपनी जग्गा खरिद गर्न बाँकी रहेकाले सो जग्गा खरिद गर्न चाहिने एक करोड रुपैयाँ संकलन गर्ने अभियानमा लागेका छौं ।’
विमानस्थलका लागि आवश्यक रकम मध्ये जिल्ला विकास समिति र गाउँविकास समितिले ५० प्रतिशत रकम भुक्तानी गर्ने, नगरपालीकाले ३० प्रतिशत भुक्तानी गर्ने र बाँकी रहेको रकम जनताको घरदैलोबाट संकलन गर्ने अभियानमा आफुहरु लागेको कर्मचार्यले जानकारी दिनुभयो ।
कात्तिकमा निर्वाचन हुन सक्छ 
एमाले अध्यक्ष खनालले विहीबार पत्रकारसँग कुरा गर्दै एमाओवादी नेतृत्वको सरकारलाई सडकबाटै फाल्ने चेतावनीसमेत दिनुभयो । खनालले एमाओवादी पार्टी वार्ताको वातावरण नबनाई उल्टै मुठभेडमा उत्रिएकाले विपक्षीहरु आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । उहाँले दलहरूबीच सहमति भयो भने आगामी कात्तिकमा निर्वाचन हुन सक्ने बताउनुभयो ।