Wednesday, February 6, 2013

Poor cooperative groups to be formed


DEC 26, KATHMANDU. The Ministry of Cooperatives and Poverty Alleviation has brought a concept of forming the ‘poor cooperatives groups’ for the upliftment of the living standard of the poor.
Poor cooperatives groups will be formed by affiliating poor people in the cooperative institutions and the cooperatives will mobilize financial support provided by the government for the upliftment of living standard of the poor and underprivileged.
According to Secretary at the Ministry, Rana Bahadur Shrestha, the ministry has the target of raising the economic and social status of the poor people by affiliating 100,000 poor people to 2,000 cooperatives within the current fiscal year.
Shrestha said the ministry has prepared different income-generating programmes to uplift the living standard of the poor through the cooperatives.
According to the Ministry, poor cooperatives will be formed on the basis of the poor identity cards to be distributed by the government.
The Ministry has already submitted a new cooperatives policy to the Council of Ministers with a plan of raising the living standard of around 1.4 million poor families through the cooperatives within five years.
Some 4.7 million people are affiliated to 27,000 cooperatives in the country.

GIRL GANG-RAPED IN KANCHANPUR


Jan 30, Kanchanpur: A thirteen-year old girl was gang-raped in Dodhara VDC Ward No. 4 in Kanchanpur district when she was attending a marriage ceremony in the neighbourhood.
Police arrested local Bobby Rana and Bikash Thapa in connection with the rape case, said Chaturbhuj Ojha, Police Inspector at the District Police Office, Kanchanpur. The Area Police Office, Dodhara, arrested the two youths as per the petition filed by the victim girl’s father at the police, said Inspector Ojha.
The girl was gang-raped while attending the marriage ceremony two days ago.Ojha said another girl was reported to have helped the youths in the rape. 

सबैभन्दा लामो विरालोको मृत्यु


२४ माघ, काठमाडौं । विश्वको सबैभन्दा लामो विरालोको मृत्यु भएको छ । अमेरिकाको नेभादा राज्यमा रहेको सबैभन्दा लामो विरोलो स्टीवीको क्यानसरका कारण मृत्यु भएको हो । विरालोको लम्बाई नाकदेखि पुच्छरसम्ममा १ मिटर २३ सेन्टिमिटर थियो ।
सन् २०१० मा सबैभन्दा लामो विरालोको गिनिज बुक अप वल्र्ड रेकर्डसमा नाम लेखाएको थियो । एक वर्षदेखि क्यान्सरसँग लड्दै आएको ८ वषर्ीय स्टीवीको सोमबार मृत्यु भएको बीबीसीले जनाएको छ । स्टीवीको मृत्युको खबर सार्वजनिक भएपछि धेरैले फेसबुक र ट्वीटरमा श्रद्धान्जली दिएका छन् । विरालोको पूरा नाम माइमेनस स्टीवर्ट गिलीगन थियो, जसले सन् २०१२ मा पोल्याण्डमा भएको अन्तराष्ट्रिय क्याट शो मा भाग लिएको थियो ।

प्रचण्ड लेण्डुप दोर्जे बन्दैछन्ः गजुरेल


'विप्पाको विरोध गर्नु नारायणकाजीको खोक्रो राष्ट्रवाद'

२४ माघ, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सीमा विवादमा जनमत संग्रह गर्ने प्रस्ताव गरेर प्रचण्ड नेपाललाई सिक्किमीकरण गर्ने लेण्डुप दोर्जे बन्न खोजेको आरोप लगाउनु भएको छ ।
सिक्किमलाई भारतमा विलय गराउने बेलामा लेण्डुप दोर्जे लगायतकाहरुले जनमत संग्रह गर्ने प्रस्ताव गरेको स्मरण गर्दै गजुरेलले सीमा विवादमा जनमत संग्रह गर्ने प्रचण्डको प्रस्ताव डरलाग्दो राष्ट्रघात तर्फ उन्मुख बभएको दावी गर्नुभयो । ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा गजुरेलले भन्नुभयो-’सिक्किम भारतमा गाभिने बेलामा जनमतग्रहको माग गरिएको थियो । नेपालको राष्ट्रियता खतरामा परेको बेला यो विषय आउनु गम्भीर हो । सिक्किममा लेण्डुप दोर्जेहरुले यस्तै माग गरेका थिए । तर, यति छिटो यस्तो प्रस्ताव आउँछ जस्तो लागेको थिएन ।
नारायणकाजी श्रेष्ठले राष्ट्रियताको कुरा उठाउनु लाज लाग्दो भएको भन्दै उहाँले आवश्यक पर्दा उनी बाबुराम भट्टराई र प्रचण्ड भन्दा कम राष्ट्रघाती नहुने दावी गर्नुभयो उहाँले भन्नुभयो-’नारायणकाजी राष्ट्रवादी होइनन, उनले मालिकले दिएको मुद्दा उठाएका मात्रै हुन ।’ आफैं सहभागि भएको सरकारले गरेको विप्पा सम्झौताको विरोध गर्न अहिले नसुहाउने भन्दै उहाँले राष्ट्रबादी भएको भए त्यती बेला नै सरकार छाडेर विरोध गर्नु पर्ने तर्क गनुृभयो । ्
दक्षिण अमेरिकी राष्ट्रहरुमा आर्थिक सेना बनाएर अफिमको तस्करी र समुन्द्री डकैती गर्ने गरेको भन्दै गजुरेलले एमाओवादी अध्यक्ष प्रचण्डले बनाउने प्रस्ताव गरेको आर्थिक सेना पनि त्यस्तै भएको आरोप बताउनु भयो । उहाँले भन्नुभयो-’जनमुक्ति सेनालाई आत्मसर्मपण गराएर गठन गर्न लागिएको आर्थिक सेना के हो ? यो रक्तचन्दन, यार्सा गुम्बाको तस्करीमा अधिपत्य जमाउनमात्र हो । यसले नेपालको अर्थतन्त्रलाई कहाँ पुर्याउँछ गम्भीर आशंका छ ।’
एमाओवादीले विधिवत रुपमा कम्यूनिष्ट सिद्धान्त छाडेको दावी गर्दै उहाँले कम्यूनिष्ट सिद्धान्त छाडे पनि प्रचण्ड र बाबुराम भट्टराईसँग सैद्धान्तिक आधार नभएकोले संसदीय ब्यवस्थामा आउँछन भनेर एमाले र काग्रेस भ्रममा पर्न नहुने तर्क गर्नुभयो ।
स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाए नेपालका राजनीति दलहरु कमण्डलु बोकेर हिड्नु जस्तै भएको तर्क गर्दै नेकपा-माओवादीमका उपाध्यक्ष गजुरेलले राजनीतिक दलहरुलाई छाडेर कर्मचारीलाई प्रधानमन्त्री बनाउने कुरा आफ्नो पार्टीलाई मन्जुर नभएको बताउनु भयो । विपक्षी दलहरुको आन्दोलन बाबुराम भट्टराईलाई हटाएर अर्को ब्यक्तिलाई ल्याउनेमा केन्द्रीत रहेकोले त्यो आन्दोलनमा आफूहरुको सहभागि नरहने स्पष्ट पार्दै उहाँले भटटराई हटाउने सहित, जनजीविका, राष्ट्रिय स्वाधिनता र संविधान निर्माणको विषयलाई छुट्टै आन्दोलनमा जाने बताउनु भयो । उहाँले भन्नुभयो-’बाबुरामजीलाई हटाउँनै पर्छ त्यसको लागि हामिले फागुण १ गते देखि आन्दोलन थाल्छौ ।’