Saturday, February 2, 2013

टीभी प्रस्तोताले प्रधानमन्त्रीलाई यौनाङ्ग देखाइदिइन् (भिडियोसहित)


सेलिब्रेटीहरुले सार्वजनिक कार्यक्रममा अन्तरबस्त्र नलगाएपछि गोप्य अंग देखिएका तस्वीरहरु सार्वजनिक भएको त हामीले सुन्दै र देख्दै आएका छौं । तर, एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिएर सवैलाई छक्क पारेकी छिन् ।
क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुवै गालामा चुम्बन गर्छिन् ।
प्रमलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन् । एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वाता लिने क्रममा खुट्टा खोल्छिन् । जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सवै चीज देखिन्छ । गम्भीर राजनीतिक बिषयमा जवाफ दिइरहेका सर्बियाली प्रधानमन्त्री छक्क पर्दै उनको दुर्लभ दृष्य हेरिरहेको टेलिभिजन फुटेजमा देखिएको छ ।
गम्भीर राजनीतिक बिषयमा प्रश्न सोधेकी प्रस्तोताले आफैलाई यौंनाङ्गको दर्शन गराउँदा सर्वियाली प्रधानमन्त्रीको अनुहार हेर्न लायकको भएको थियो ।

हजारौं महिलालाई नांगै पारे ह्याकरले


ह्याकरहरुका पनि अनेक दाउ हुन्छन । कोही जुलियन असान्जजस्ता हुन्छन जसले हाइप्रोफाइल सूचना थुतेर सार्वजनिक गरिदिन्छन त कसैले सुरक्षा चेतावनी मात्र दिएर शान्त हुन्छ ।
तर अमेरिकाका एक ह्याकरले अनौठो काम गरेका छन् । उनले हजारौं महिलाको पासवर्ड ह्याक गरेर ब्ल्याकमेल गर्दै नाङ्गीन बाध्य बनाएका छन् ।
महिलालाई ब्लाकमेल गरेर वेबक्याममा नाङ्गो बन्न बाध्य पारेको आरोपमा अमेरिकी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनी दोषी प्रमाणित भए १ सय ५ वर्ष जेल सजाय हुन सक्छ ।
वकिलका अनुसार २७ वषर्ीय ग्यारी कजरियानले सयौं महिलाको फेसबुक, स्काइप र इमेल अकाउन्ट हृयाक गरेर ब्लाकमेल गरेका थिए । क्यामराको अगाडी सबै कपडा नफुकाले गोप्य तस्वीरहरु सार्वजनिक गर्ने धम्की दिएको उनीमाथि आरोप लगाइएको छ । पासवर्ड हात पारेपछि उनले त्यस्ता सवै पासवर्ड परिवर्तन गरेका थिए ।
अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियाका २७ वषर्ीय अभियुक्तको विवरण दिएको छ । हृयाक गरिएको इमेल, फेसवुक र स्काइपबाट सबै सूचना लिएपछि ग्यारीले साथीको रुपमा प्रस्तुत हुने र असली अनुहार थाहा पाएपछि ब्लकमेल गरेर वेबक्याम नांगो हुन बाध्य पारेको बताइएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार ग्यारीको कम्प्युटरमा ३ हजार महिलाको नग्न र अर्धनग्न तस्वीर भेटिएको छ । अमेरिकी खुफिया एजेन्सी एफबीआईले कथित ब्लाकमेललाई ‘सेक्सोटोर्शन’ नाम दिएको छ ।-बीबीसी

महिलाले लुकाउने पाँच कुरा


पूरानो उखानै के छ भने महिलाको चरित्र भगवानले पनि बुझ्न सक्दैनन् । हुनत अहिलेको जमानामा यसो भन्यो भने त्यो महिलाहरुप्रतिको हिंसा ठहर्ला । तर अध्ययनहरुले पनि के देखाएका छन् भने महिलाहरुको जिन्दगी रहस्यले भरिएको हुन्छ । महिलाहरुको मस्तिष्कमा जे कुरा चलिरहेकेा हुन्छ त्यो उनको मनसँग मेल खाँदैन भनिन्छ ।
एक सोसल मिडिया वेबसाइटले महिलाहरुमा गरेको एक सर्वेक्षणले पनि महिलाहरुले जिवनमा केही कुराहरु आफ्नो जिवनसाथीलाई समेत नबताउने र आफ्नै मनमा मात्र सिमित गर्छन् । केही कुराहरु त्यस्ता हुन्छन् जो महिलाहरुले कुनैपनि दोश्रो मान्छेलाई भन्दैनन् । अझ आफ्नो ब्वायफ्रेण्ड वा जिवनसाथीसँग उनीहरुले लुकाउने कुराहरु विशेष प्रकारकै हुन्छन् । महिलाहरुले आफ्नो प्रेमीसँग लुकाउने विषयहरु निम्न छन् :
१. प्रेम प्रसंग : अध्ययन अनुसार महिलाहरु चाहे दशौँ युवकसँग प्रेम किन नगरुन् तर उनीहरुले हरेक पछिल्लो प्रेमीसँग आफुले पहिलोपटक प्रेम गरेको बताउँछन् । आफ्नो पूर्व प्रेम प्रसँगको खुलासा किमार्थ गर्दैनन् महिलाहरु । तर पुरुषहरु भने यो मामिलामा केही हदसम्म खुल्ला हुन्छन् ।
२. महिलाहरुले आफ्नो पार्टनर वा प्रेमीसँग लुकाउने अर्को कुरा हो आफ्नी साथीसँग भएका कुराहरु । केटी केटीहरुको बीचमा हुने कुरा, केटी साथीहरुका व्यक्तिगत जिवनका कुराहरु चाहे ती निकै महत्वपूर्ण वा सुनाउन लायक किन नहोउन् तर महिलाहरुले सित्तिमित्ति अरु केटीका कुरा आफ्नो प्रेमी वा लोग्नेसँग गर्दैनन् ।
३. यद्यपि यो कुरा सबै महिलाको हकमा लागु नहुन सक्छ । तर आम महिलाको औषत विशेषता के हो भने उनीहरु आफ्नो प्रेमीलाई आफुले प्रयोग गर्ने कस्मेटिक सामानहरु वा मेकअपका सामानहरुको बारेमा बताउन चाहँदैनन् । मेक अप नगरिकनै आफु सुन्दर भएको देखाउन र आफु निकै सुन्दर रहेको भान प्रेमीलाई परोस् भन्नका लागि महिलाहरुले आफ्नो मेकअपको रहस्य खोल्न नचाहने बताइएको छ ।
४. विगतका दुखद क्षण : आफ्नो वर्तमान प्रेमीसँग महिलाले लुकाउने अर्को विषय हो आफ्नो विगतको दुखद, पीडादायी वा विछोडको क्षण वा घटना । यस्तो कुरा बताउँछ अहिलेको सम्बन्धमा दरार आउन सक्ने शंका महिलाहरुमा हुन्छ ।
५. नातागोताप्रतिको भावना : एक जना पुरुषले आफ्नी श्रीमती वा प्रेमिकाका आमाबुवा, बहिनी, भाइ वा अरु नातागोताको विषयमा सच्चा मनले प्रसंसा वा आलोचना गर्छ । तर महिलाको हकमा भने यो कुरा लागु हुँदैन । महिलाले आफ्नो सासु, ससुरा, नन्द, देवर, आमाजु वा श्रीमानको घर तर्फका नातागोता वा प्रेमीका आफन्तहरुको बारेमा बोल्ने कुराहरु वा गर्ने प्रसंसाहरु भित्री मन देखिका हुँदैनन् । महिलाले उल्लेखित नातेदारको प्रसंसा गरिन् भनेपनि त्यसबाट मख्ख भै हाल्नुपर्ने स्थिति हुँदैन । किनकी अध्ययन अनुसार महिलाले आफ्नो पार्टनरका नातेदारप्रतिको भित्री मनको भावना कहिल्यैपनि बोलीबाट प्रकट गर्दैनन्, भित्री मनमा नकारात्मक भावना भएपनि बाहिर प्रसंसा गरिरहेका हुन्छन् ।

कस्तो बाख्रो ? घाँस होइन कुखुराका चल्ला खाने



बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ ।
यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो ।
सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ ।

होटलमै सेक्सको मज्जा लिने तालिम: होटल मालिक्नी सेक्स प्रशिक्षक


हामीकहाँ केही होटल रेष्टुरेन्टहरुमा यौन धन्दा हुने गरेको थाहा पाएकै कुरा हो । मसाज केन्द्र भनेर अवैध यौनधन्दा संचालन गर्नेहरु पनि छन् ।
केही देशमा भने वेश्यावृत्ति वैध छ र वैधानिक रुपमै यौन धन्दा संचालन गर्ने वेश्यालय खुलेका हुन्छन् । ती वेश्यालयमा यौनका भोका ग्राहकहरु गएर सम्भोगको आनन्द लुट्छन् । तर स्विडेनमा भने एउटा यस्तो होटल छ जसमा वेश्यावृत्ति होइन सम्भोगका बेला कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने तालिम दिइन्छ ।
दक्षिणी स्विडेनको स्कुरुप क्षेत्रमा रहेको उक्त भेनसगार्डेन गेष्ट हाउसले सेक्समा चरम आनन्द प्राप्त गर्ने तरिका सिकाउन एक जना प्रशिक्षक नै नियुक्त गरेको छ । प्रेमको स्वर्ग नामले आफुलाई चिनाउने उक्त होटलमा ग्राहकलाई सेक्समा चरम आनन्द उठाउने तालिम दिने महिला हुन् यिभा फ्रान्जेन ।
यिभा व्यवसायिक यौन प्रशिक्षक हुन् । यो होटल ६७ वर्षका पूर्व शिक्षक आकेले खोलेका हुन् जो यिनै यौन प्रशिक्षकका श्रीमान समेत हुन् ।
एक रातको तालिमका लागि ग्राहकले २२७ पाउण्ड तिर्नुपर्छ । रातभरमा यिभाले ग्राहकलाई सेक्समा कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने कुरा प्रयोग गरेरै सिकाउँछिन् । कामसुत्रका विधि लगायत पाकक्रिडा तथा अन्य यौनिक खेललाई उनले सविस्तार सिकाउँछिन् ग्राहकलाई । उनले महिला र पुरुष दुबैलाई सेक्सको तालिम दिन्छिन् । तर महिलालाई बढि प्राथमिकता दिइने होटलको भनाइ छ ।
होटल संचालकले आफ्नो होटल वेश्यालय नभएको दाबी गर्दै आफ्नो होटल प्रेममा मज्जा लुट्न चाहनेहरुको लागि उपयुक्त स्थान भएको बताउँछन् । आफ्नो होटलबाट तालिम लिएर जानेहरुले सेक्स जिवनमा कहिल्यैपनि हरेस खानु नपर्ने दाबी आकेको छ ।

बुढीका खातिर चीन र जापानको युद्ध


चीन र जापान परम्परागत प्रतिद्वन्दी हुन् । यी दुइ देशबीच सामुद्रिक क्षेत्र लगायतका विभिन्न विषयमा चर्को विवाद छ । तर पछिल्लो समय भने अर्को अनौठो लडाइँमा होमिएका छन् यी दुइ देश । विश्वको सबैभन्दा बुढो मानिस कुन देशमा छ ? भन्ने विषयमा चीन र जापानबीच विवाद चलेको हो ।
गएको डिसेम्बरमा जापानकी १ सय १५ वर्षे महिलालाई विश्वकै सबैभन्दा बढी उमेरको मान्छेको उपाधि गिनिज बुकले दिएसँगै चीनकी एक महिलाले त्यसलाई चुनौति दिँदै आफु विश्वको सबैभन्दा बुढी महिला भएको दाबी गरेकी छिन् ।
गिनिज बुकले डिसेम्बरमा जापानकी १ सय १५ वर्षे जिरोएमोन किमुरालाई विश्वको सबैभन्दा जेठो मानिसको उपाधि दिएको थियो । त्यसलाई चुनौति दिँदै चिनकी लोउ मेजेनले आफु १ सय २७ वर्षकी भएकीले विश्वको जेठो मानिस आफु भएको दाबी गरेकी छिन् ।
समाचार अनुसार लोउले आफु १८८५ मा जन्मिएको दाबी गरेकी छिन् । चिनको बामा क्षेत्रकी लोउले यसको प्रमाण स्वरुप आफ्नो पूरानो परिचय पत्र प्रस्तुत गरेकी छिन् । तर सन् १९४९ मा चीनमा कम्युनिष्ट शासन आएपछि मात्र उनी बसेको क्षेत्रमा क्षेत्रको जन्मदर्ता सुरु भएकाले उनको एकिन जन्म कहिले भएको हो भन्ने बारेमा एकिन गर्न नसकिएको बताइएको छ ।
गिनिज बुकले यस विषयमा कुनै टिप्पणी भने गरिसकेको छैन । हेरौँ बुढी आइमाइको यो लडाइँमा चीनले जापानलाई पछार्न सक्छ की सक्दैन ?