Tuesday, February 5, 2013

बच्चाको न्वारान गर्दा सरकारको स्विकृती लिनुपर्ने


सरकारी कागजातमा ब्लेयरको केवल केटी भन्ने मात्र नाम छ । प्रशासनले उनको ब्लेयर नामलाई मान्यता दिएको छैन । तरपनि आइसल्याण्डको एक अदालतले १५ वर्षीया एक केटीले आफुलाई मन पर्ने ब्लेयर भन्ने नाम प्रयोग गर्न पाउने फैसला गरेको छ ।
आखिर के त्यस्तो छ जहाँ केही केही देशहरुले नामलाई लिएर केही सीमा तोकेका हुन्छन् ? कतिपय शव्द वा नाम चाहे निकै मन किन नपरोस् तर उक्त देशको कानूनले त्यस्तो नाम राख्न नपाइने कानून बनाएको हुन्छ । बुवाआमालाई नाम मन परेर मात्र भएर प्रशासनको स्विकृति लिएर मात्र उक्त नाम पास गराउनुपर्छ ।
बिगोग नामका पुरुषले पनि १५ वर्षअघि छोरी जन्मिँदा उनको नाम ब्लेयर राखेछन् । छोरीकेा नाम ब्लेयर राख्नु कानूनको उल्लंघन थियो भन्ने उनलाई थाहा रहेछन् ।
आइसल्याण्डको स्थानीय कानून नै विचित्रको छ । ब्लेयर भन्ने नामको अर्थ हल्का हावाको झोँका हुने भएकाले त्यो केटाको लागि मिल्दो हुने तर केटीले त्यस्तो नाम राख्न नपाउने भन्ने नियम छ त्यहाँ ।
उनले ब्लेयर नाम राखेर छोरीको जन्मदर्ता गराउन जब प्रशासन पुगे । तब सरकारी कर्मचारीले त्यस नाममा जन्मदर्ता गराउन मानेनन् । ब्लेयर भन्ने नामको साटो केवल केटी भन्ने नाम राखेर जन्मदर्ता गरियो ।
तर १५ वर्षपछि आएर ती केटी र उनका बुवाआमाले ठूलो लडाइँ जितेका छन् । कारण एक स्थानीय अदालतले ब्लेयर भन्ने नाम केटीले पनि राख्न पाउने फैसला गरेको छ । अदालती फैसला पछि ब्लेयर पनि निकै खुसी छिन् ।
आइसल्याण्डमा मात्र होइन जर्मनी, स्विडेन, चीन तथा जापान लगायतका मुलुकमा पनि मान्छेको नाम राख्ने कुरालाई लिएर केही प्रतिबन्ध तोकिएको छ । आइसल्याण्डमा लैंगिक अर्थ, व्याकरण तथा स्थानीय भाषामा लेख्न नसकिने नामलाई सरकारी कागजातमा अस्विकार गरिन्छ । नाम राख्न गाह्रो नहोस् भनेरै प्रशासनले छोराका लागि १७१२ र छोरीका लागि १८५३ वटा नामका सूची नै बनाइदिएको छ, जसमध्ये मनपर्ने छानेर आमाबुवाले आफ्ना बच्चाको नाम राख्न सक्छन् ।
यस्तै जर्मनीमा बच्चाको नाम ओसामा विन लादेन राख्न रोक लगाइएको छ । यस्तै आफ्नो बच्चाको नाम बर्लिन राख्न समेत एक दम्पतिले नपाउँदा वकिलको शरणमा जानुपर्‍यो । ती वकिलले अदालतमा गएर यसअघि लण्डन भन्ने नाम राख्न इजाजत दिइसकिएको दाबी पेश गरेपछि मात्र ती दम्पतीले आफ्ना बच्चाको नाम बर्लिन राख्न पाए ।
यस्तै न्युजिल्याण्डमा बच्चाको नाम फोर रियल राख्न पाइँदैन । जापानमा सन् १९९० को दशकमा बच्चाको नाम अकुमा राख्न पाइँदैन थियो । अकुमाको अर्थ सैतान हुन्थ्यो । यस्तै चीनमा समेत स्थानीय भाषामा कुनै अर्थ नदिने नाम राख्न पाइँदैन । नामले केही न केही अर्थ बोकेकै हुनुपर्छ ।
तर, हामीकहाँ बच्चाका नाम जथाभावी राखिन्छ । बाउआमाका एक एक वटा अक्षर जोडेर समेत ठिमाहा नाम राख्ने चलन छ बच्चाको । अंग्रेजी भाषाका बेअर्थी नाम समेत राख्ने चलन बढेको छ पछिल्लो समय । यसले मान्छेका नाम नै कुरुप बन्दै गएका छन् र हाम्रो भाषा र शैली नै लोप हुने हो की भन्ने खतरा छ ।

मुखमा जिउँदो सर्प


सेन्टिलस रेसिलस नामका पुरुषको आजकलको दैनिकी भनेको हैटीको राजधानीका सडक चहार्नु हो । उनी एक्लै सडक चहारिरहेका हुँदैनन् उनको टाउकोमा डरलाग्दो सर्प बेरिएको हुन्छ ।
उनले आफुलाई प्रदर्शनी कलाकारको रुपमा चिनाउन चाहन्छन् । उनले दैनिक रुपमा सर्प र अरु जनावरको कला देखाउँछन् पनि । अहिले हैटीमा राष्टिय पर्व चलिरहेको बेला उनका लागि यो कला आम्दानीको राम्रो श्रोत समेत बनेको छ ।
उनले टाउकोमा राखेको खतरनाक सर्प मुखभित्र पसाल्छन् । सर्पको टाउको उनको मुखभित्र हुन्छ भने जिउको अरु भाग उनको घाँटीमा बेरिन्छ । त्यो देख्दै डरलाग्दो दृश्य हुन्छ । यस्तो काम अरु कसैले गर्न नसक्ने दाबी उनको छ ।
देशमा बेरोजगारी दर निकै बढेको, सयमा ६० जना बेरोजगार रहेकेा र धेरै हेटीयनहरु रोजगारीका लागि देश छाडिरहेकेा अवस्थामा उनले सर्पलाई मुखभित्रै हाल्ने कला देखाएर दिनको झण्डै डेढ सय रुपैयाँ जति कमाउँछन् । उनले यस्तो काम ३५ वर्ष अघिदेखि गर्दै आएका छन् । यो पालाको मेलामा उल्लु चरा र कुखुराको समेत चटक देखाउने तयारीमा उनी छन् ।
मेला सकिएपछि अरु जनावरलाई छाडिदिने भएपनि सर्प भने उनको दैनिक रोजिरोटीको श्रोत नै होे, जसलाई उनी छाड्नै सक्दैनन् ।्

एक घण्टामै कण्डम पूराउन घरदैलो सेवा


रातको समय । प्रेमालापसँगै रतिक्रिडाको अपेक्षा तर सुरक्षित सम्भोगका लागि साधनको अभाव । यस्तो बेला कण्डम प्राप्त गर्नु भनेको सायद संसारमा सबैभन्दा ठूलो कुरा प्राप्त गरेजस्तै हुन्छ होला । तर रातको समयमा यसरी चाहेको बेलामा कसरी पाउने ? यो साधन कतैबाट वषिर्ने कुरा भएन । तर युएइको दुबइका बासिन्दाका लागि भने तँ चिता म पूराउँछु भनेजस्तै भएको छ ।
त्यहाँ यस्तो तिब्र कण्डम ढुवानी सेवा सुरु भएको छ जस अनुसार रातभरी जतिबेला चाहिएपनि अर्डर गरेको एक घण्टामै घरदैलोमा कण्डम आइपुग्नेछ ।
डुरेक्स नामक कण्डम उत्पादक कम्पनीले बजम्यान नामक कम्पनीसँग मिलेर यस्तो सेवा सुरु गरेको हो । यहीँ हप्ता सुरु भएको यो कण्डम ढुवानी सेवा अन्तरगत बेलुकीको चार बजेदेखि अर्को बिहानको चार बजेसम्म अर्थात् रातभरी नै दुबइको जुनसुकै ठाउँमा अर्डर बमोजिमको कण्डम एक घण्टाभित्र डेलिभरी गरिनेछ । प्रयोगकर्ताले अनलाइन र फोनमार्फत पनि कण्डम अर्डर गर्न सक्नेछन् ।
बजम्यान कम्पनीका प्रवक्ताका अनुसार अरु सहरमा पनि यस्तो कण्डम ढुवानी सेवा विस्तार गरिनेछ र सुरुमा कुन सहरमा सेवा विस्तार गर्ने भन्ने कुराको निधो फेसबुकबाट गरिनेछ । एसओएस कण्डम नामको फेसबुक पेजमा जुन सहरको नाममा बढि माग हुन्छ सोही सहरमा कण्डम ढुवानी सेवा विस्तार गरिने उनको भनाइ छ 

टाइ र शूटमा कुकुर ठाँटिएपछि…


कुकुर सबैभन्दा इमान्दार प्राणी भएकैले होला मान्छेको सबैभन्दा राम्रो जनावर साथी मानिन्छ । सायद यहीँ इमानको फलले होला कुकुरलाई मान्छेको पहिरन पनि खुबै सुहाउँदो रहेछ र टाइ शूटमा सजिँदा कुकुर पनि साँच्चीकै मालिक जस्तै देखिँदो रहेछ ।
आयरल्याण्डका एकजना फोटोग्राफरले राजधानी डब्लिनमा टाइशूटमा ठाँटिएका केही सुन्दर कुकुरहरुको तस्वीर क्यामरामा कैद गर्न भ्याएका छन् । फोटोग्राफ फ्रान भेलले खिचेका यी कुकुरका तस्वीर निकै रोचक लाग्छन् ।