Educational News


एनआरएन यूकेले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

लन्डन । गैरआवासिय नेपाली संघ यूकेले बिगत बर्ष जस्तै अन्तर्राष्ट्रिय नारी दिवस मनाउने कार्यलाई निरन्तरता दिने भएको छ। एन आर एन यूके महिला बिभागको बिशेष सहयोगमा सम्पन्न गरिने उक्त कार्यक्रमको संयोजक संस्थाका सहसंयोजक सुश्मा लिम्बू राई र सहसंयोजक शान्ति थापा कुँवर रहेका छन् ।
 आगामी मार्च ०९ तारिखमा अपरान्ह ३ बजे द कोन्न्ट स्कुल टोङगम रोड अलडरसट जियू १२४ एसमा सुरु हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भइसकेको छ। एन आर एनका संस्थापक अध्यक्ष डा॰ उपेन्द्र महतोको बिशेस उपस्थिती रहने उक्त कार्यक्रममा बिभिन्न बिदेशि पाहुना, नेपालि दुताबासका प्रतिनिधी, पत्रकार, बेलायत स्थित नेपाली संघ संस्थाका प्रतिनिधी,कार्यसमितिका सम्पुर्ण सदस्यहरु, सल्लाहाकारहरू एवम सर्ब क्षेत्रबाट बिशेष गरि महिलाहरूको सहभागिता रहने छ।
 महिलाहरूलाई जागरुक बनाउदै आत्मनिर्भर र स्वाभलम्बी बनाउन उत्प्रेरित गर्ने मुल लक्ष्यबाट निर्दिशित उल्लेखित कार्यक्रमबाट जम्मा हुन आउने सम्पुर्ण रकम एन आर एन यूकेको उदाहरणिय परियोजना मितेरी प्रशुती केन्द्र जुम्लामा लगानी गर्ने भएको छ।

No comments:

Post a Comment