Thursday, February 7, 2013

नाइजेरियाले उपाधी जिते सेक्स फ्रि !


नाइजेरियनका सेक्सकर्मीहरुको एक संगठनले अफि्रकन कप अफ नेशन्स फुटबल खेलिरहेको नाइजेरियन राष्ट्रिय टोलीको हौसला बढाउन अनौठो प्रस्ताव अघि सारेको छ ।
‘द एसोशिएसन अफ नाइजीरियन प्रोस्टीच्यूसन एएनपी’ले आफ्नो देशले उपाधी जिते सित्तैमा भरपुर सेक्स सुविधा दिने प्रस्ताव गरेको हो ।
नाइजेरियनले बुधबार राति सेमिफाइनलमा मालीसँग खेल्दैछ । नाइजेरियनले आफ्नो जितको श्रृखला जारी राखे राष्ट्रिय टोलीका खेलाडीहरुलाई एक सातासम्म निःशुल्क सेक्स सेवा दिने एएनपीका सचिव जेसिका एल्विसले बताएकी छिन् ।
उनले भनेकी छिन्-’यदि टोलीले उपाधी जितेर फुटबलमा गुमेको गौरव फिर्ता ल्यायो भने नेशनल टिमको समर्थनमा हामी साताभर निःशुल्क सेक्स सेवा दिने प्रस्ताव गछौं ।’ उनले निःशुल्क सेक्स खेलाडीहरुको लागि मात्र हो कि सबैलाई भन्नेबारे उनले थप खुलाइनन् । –बीबीसीको सहयोगमा

अदालतको कस्तो फैसला ? केटीसँग बोलेमा ५ वर्ष जेल


बेलायतका एक जना पुरुषलाई १० वर्षसम्म महिलाहरुसँग बोल्न प्रतिबन्ध लागेको छ । एक अदालतले उनलाई नचिनेका महिलासँग सार्वजनिक स्थानमा बोल्न रोक लगाएको हो ।
डेभिड डेलाहन्टी नामका ती ५६ वर्षे पुरुषले एक युवतीलाई आफुले बलात्कार गर्न सफल भएको भनि दाबी गरेसँगै उनलाई यस्तो सजाय दिइएको हो । सार्वजनिक बसभित्र आफुले ती २० वर्षे युवतीलाई भेटेको, त्यसपछि उनलाई गालामा चुम्बन गरेको र करणी गरेको झुटो दाबी उनले गरेका थिए । उनको त्यस्तो झुटो दाबीका कारण ती युवतीको इज्जत र प्रतिष्ठामा दाग लागेको र उनलाई गम्भीर मानसिक असर परेको ठहर गर्दै अदालतले यौन तथा मानसिक हिंसाको आरोपमा उनीमाथि यस्तो अनौठो सजाय सुनायो ।
अदालती फैसलापछि अब उनले सार्वजनिक स्थानमा कुनै नचिनेका महिलालाई हेलो भनेर बोलाएमा मात्र पनि उनले ५ वर्ष जेलको हावा खानुपर्ने छ । तर इमर्जेन्सी परेको बेला भने उनलाई हल्का बोल्न छुट दिइनेछ ।
महिलासँग बोलचाल गर्न १० वर्षे प्रतिबन्ध सँगै ती पुरुषले ९ महिनाको जेल र १२० घण्टाको श्रम सजाय पनि पाएका छन् । साथै उनको नाम यौन अपराधीको सूचिमा समेत दर्ज गरिएको छ ।

अटेर गरेर हवाइजहाज भित्रै चुरोट तानेपछि…


हवाइजहाज भित्र चुरोट खान निषेध हुन्छ । यदि नियमलाई मिच्दै कसैले हवाइ जहाज उडिरहेको बेला जहाजभित्रै चुरोट सल्काएर खायो भने के होला ? सायद उसलाई तत्कालै चुरोट फ्याँकिहाल्न निर्देशन दिइन्छ । तर चुरोट खानेले फ्याँक्न मानेन भने के होला ? उसलाई सबै यात्रु मिलेर भकुर्छन् र चुरोट थुतेर फ्याँकिदिन्छन् ।
यात्रुलाई विमानभित्रै भकुर्ने के हवाइजहाज हाम्रो थोत्रो बसजस्तो हो र ? होइन । यात्रुलाई भकुर्नु वा विमानभित्र झगडा गर्न झनै मनाही हुन्छ । यस्तो अवस्थमा विमानभित्र कसैले अटेरी गरेर चुरोट खायो भने के गर्नेहोला त ? खैर, अरुले जे गर्लान् तर क्यानडाको एक विमान भने यात्रुले अटेरी गरेर चुरोट खाएका कारण आकस्मिक अवतरण गराइएको छ र यसरी अटेरी गरी विमानभित्रै चुरोट खाने पुरुष र उनकी श्रीमती तथा छोरालाई समेत पक्राउ गरिएको छ ।
क्यानडाबाट डोमिनिकन गणतन्त्रका लागि उडेको जहाज उडेको केही समयमै त्यसमा रहेका तीन जना यात्रुले विमानभित्रै धूमपान गर्न थाले । त्यसो नगर्न उनलाई विमान परिचारिकाले मात्र होइन अरु यात्रुले पनि आग्रह गरे । तर झण्डै ५० वर्ष उमेरका लोग्नेस्वास्नी र उनीहरुको २२ वर्षको छोरोले कसैको आग्रह परवार नगरीकन चुरोट खाइरहे । त्यसो भएपछि विमान चालकले विमान आकस्मिक अवतरण गराउने निर्णय गरे र बर्मुडामा आकस्मिक अवतरण गराए । त्यसपछि विमानस्थलबाटै ती तिन जनालाई नियन्त्रणमा लिएर उनीहरुको पासपोर्ट समेत जफत गरियो ।
अरु यात्रुहरुलाई पनि त्यस दिन विमान कम्पनीले नै बर्मुडामा बसोबासको व्यवस्था मिलायो र अर्को दिन मात्र डोमिनिकन रिपब्लिक पूरायो । हवाइजहाज भित्र अटेरी गरी धूमपान गर्ने बुवा आमा र छोराको परिचय भने खुलाइएको छैन ।

घरको काम खोज्दा बेश्यालयको नियुक्तिपत्र


नेपालमा बेरोजगारहरुको संख्या बढ्दो छ । नेपाल मात्र हैन, जमर्नीमा पनि बरोजगारहरु रोजगारीका लागि भौतारिरहेका छन् । तपाईले रोजगारी पाउँ भन्दै दिएको निवेदनमा वेश्यालयमा काम गर्ने नियुक्त पत्र आए के भन्नुहुन्छ ?
जागिर खोजिदिने एक केन्द्रले घरको काम खोजिरहेकी एक युवतीलाई वेश्यालयमा काम गर्ने प्रस्ताव घरमा नै पठाएको छ । १९ वर्षीय किशोरीको आमा छोरीका लागि आएको नियुक्ति पत्र देखेर हैरान भएकी छिन् । ‘म घरको रेखदेख गर्ने कामको खोजीमा थिएँ, न कि कुनै वेश्यालयको नोकरीको’ उक्त युवतीले स्थानीय पत्रिकालाई भनेकी छिन्–‘चिठ्ठी पढेर म स्तब्ध भएँ । मेरी आमा त जोडले चिच्याउनु भयो ।’
पछि जागिर खोजिदिने उक्त केन्द्रले माफी मागेको छ । चिठ्ठी पठाउनु अघि यवुतीलाई नसोध्नु गल्ती भएको उक्त केन्द्रका प्रमुखले स्वीकार गरेका छन् । जर्मनीमा देह ब्यपार एक कानूनी व्यवसाय हो ।