Wednesday, February 20, 2013

मान्छेलाई छक्याउन सिपालु हुन्छ कुकुर


कुकुर मान्छेको इमान्दार जनावर साथी मात्र होइन यो धुर्त पनि हुन्छ । शोधकर्ताहरुका अनुसार मान्छेको भावना वा अवस्था बुझेर मान्छेलाई छक्याउँदै आफ्नो स्वार्थपूर्ति गर्न कुकुर निकै चलाख हुन्छ ।
मानवीय दृष्टिकोणबाट परिस्थितिलाई बुझ्न कुकुर धेरै हदसम्म सक्षम हुने शोधकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार उसलाई निषेध गरिएको वा खान नदिइएको खानेकुरा मान्छेको आँखा छलेर चोर्ने काममा कुकुर निकै बाठो हुन्छ । खासगरी अँध्यारोमा मान्छेले देख्न नसक्ने मौका पारेर यस्ता खानेकुरा हात पार्न कुकुर ढुकिरहेको हुन्छ ।
कुकुरले आफ्नो मालिक रिसाएको छ की खुसी भएको छ ? त्यो कुरा बुझ्छ र सोही अनुरुप आफ्नो व्यवहार परिवर्तन गर्छ । एनिमल कग्निसन नामक पत्रिकामा प्रकाशित समाचार अनुसार आफ्नो मालिकको अगाडि निकै इमान्दार देखिएपनि मालिकले नदेख्ने परिस्थितिमा कुकुरले इमान्दारिता त्याग्छ र आफ्नो औकात देखाइहाल्छ । घरभित्र खानेकुरा समेत भएको कोठामा मालिकसँग बसिरहेको कुकुर उज्यालोमा त्यो खानेकुरा छुन जाँदैन, तर जब बत्ति निभाइन्छ वा अँध्यारो पारिन्छ तब उक्त कुकुरले आफुलाई मालिकले नदेख्ने ठान्छ र लुसुक्क त्योे खानेकुरा भाठौँ पुगेर खाइहाल्छ ।
अँध्यारोमा मान्छेले देख्न सक्दैन भन्ने कुराको हेक्का कुकुरलाई भएको बेलायतको पोर्टस्माउथ विश्वविद्यालयकी शोधकर्ता जुलियन कामिन्स्की बताउँछन् । तर मान्छेको सुखदुखमा कुकुरले आफ्नो अनुहार पनि दुखी वा हँसिलो बनाएर साथ दिन्छ भन्ने यसअघिको मान्यता भने गलत रहेको उनको भनाइ छ ।
उनका अनुसार कुकुरले मान्छेको सुखदुखमा आफ्नो अनुहार पनि उस्तै पारेर साथ दिन्छ भन्ने कुरा केवल मान्छेको सोँचाई वा अनुमान मात्र हो ।

स्वास्नीको तलब बढ्दा लोग्नेको यौनक्षमता घट्छ


बढि तलब खाने श्रीमतीका लोग्नेहरुको यौनक्षमता कम हुने र उनीहरुले श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न निकै कठीन पर्ने एक अध्ययनले देखाएको छ ।
डेनमार्कमा झण्डै २ लाख दम्पतीमा गरिएको अध्ययनले आफुले भन्दा बढि तलब खाने श्रीमतीसँगको सम्भोगका बेला लोग्नेले निकै फितलो प्रदर्शन गर्ने र श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न वा लामो समयसम्म सहबासमा टिकिरहन विभिन्न खाले कृत्रिम यौनवर्धक दबाइहरु खाने गरेको पाइएको छ ।
आफुले भन्दा श्रीमतीले बढि तलब खाने अवस्थामा पुरुषमा स्वतः मनोवैज्ञानिक तथा सामाजिक र पारिवारिक दबाब पर्ने र त्यसको असर उसको यौनक्षमतामा पर्ने विज्ञहरुको भनाइ छ । अत्यधिक दबाबका कारण पुरुष सहबासमा खरो उत्रिन सक्दैन,
छिटै गल्छ वा स्खलित हुन्छ । आत्मसम्मान गुम्नु, तथा रिस र निरासाका कारणपुरुषमा यस्तो यौन असक्षमता पैदा हुने ठहर शोधकर्ताहरुले गरेका छन् । शोधका क्रममा महिलाहरुले कमाएर घरधन्दा चलाउने वा लोग्नेको भन्दा स्वास्नीको कमाइ बढी भएका दम्पतीहरुमा यौन सन्तुष्टि कम हुने गरेको, पुरुषमा लिंग उत्तेजित नहुने, सम्भोगका बेला शिघ्रपतन हुने जस्ता समस्या देखिने गरेको
पाइयो । श्रीमतीले बढि कमाउने दम्पतीहरुले यौन सन्तुष्टिका लागि भियग्रा लगायतका यौनवर्धक औषधिको प्रयोग धेरै गर्ने गरेको पनि अध्ययनका क्रममा भेटिएको छ । लोग्नेको भन्दा स्वास्नीको तलब अलिकति बढि हुँदा पनि त्यसले लोग्नेको यौनक्षमतामा ठूलो असर पार्ने देखिएको छ ।
श्रीमानले भन्दा बढि तलब खाने श्रीमतीहरुमा समेत विभिन्न खाले समस्या देखिने गरेको पाइएको छ । निरासा तथा अनिद्रा जस्ता समस्याहरुका कारण त्यस्ता कमाउ महिलाहरुले बढि औषधिको सेवन गर्ने गरेका हुन्छन् ।

सुनभन्दा ४० गुणा महंगो उल्कापिण्ड, एक ग्रामको झण्डै दुइ लाख


मध्य रुसमा शुक्रबार खसेका उल्का पिण्डका टुक्राहरु यतिधेरै मुल्यवान भएका छन् की ती टुक्राहरुको भाउ सुनको भन्दा ४० गुणा महंगो छ । रुसी वैज्ञानिकहरुले शुक्रबार खसेका उल्कापिण्डहरुका ५० टुक्रा फेला पारिएको सोमबार बताएका छन्, जुन युराल पर्वत तथा चेलियाविन्स्क आसपासमा खसेका थिए ।
वैज्ञानिकहरुका अनुसार यी उल्काका टुत्रा बहुमुल्य हुन्छन् । जसको मुल्य २२ हजार डलर प्रतिग्राम अर्थात् एक ग्रामको झण्डै १८ लाख रुपैयाँ पर्छ । जुन सुनभन्दा कैयौँ गुणा बढि हो । रुसी विज्ञान एकेडेमीका सदस्य भिक्टर ग्रोशोस्कीका अनुसार भेटिएका उल्काका टुक्राको रसायनिक परीक्षण गरिसकिएको छ । परीक्षणबाट ती टुक्राहरु बाहिरी अन्तरीक्षबाट खसेको पुष्टि भएको छ । यी टुक्रामा फलाम, क्राइसोलाइट तथा सल्फाइट तत्व पाइएको छ । यी टुक्रामा १० प्रतिशत जति फलाम पाइएको छ ।
सोमबार रुसमा भएको उल्कावर्षाका बेला झण्डै ५०० किलो टन उर्जा निस्केको थियो । जुन हिरोसिमामा भएको अणुबम विस्फोट भन्दा ३० गुणा बढि हो । यो उर्जा द्धितिय विश्वयुद्धमा प्रयोग भएको सबै उर्जाभन्दा पनि बढि भएको बाइएको छ । रुसमा भएको उल्कावर्षाबाट ४ हजार घर क्षतिग्रस्त भएका थिए भने झण्डै १२ सय जना मानिस घाइते भएका थिए । उल्कापिण्ड आकाशमै क्षतिग्रस्त भएर पृथ्वीमा केवल त्यसका टुक्रा मात्र खसेकाले हिरोसिमामा खसालिएका ३० वटा बमको जत्रै तागत भएको उल्कापिण्ड भएपनि त्यसबाट निकै कम मात्र क्षति भएको वैज्ञानिकहरुको भनाइ छ । वैज्ञानिकहरुका अनुसार यति ठूलो उल्कापिण्ड सय वर्षमा एक पटक खस्ने गर्छ ।

Prachanda proposes to form election govt under Chief Justice


Feb 7, Kathmandu : UCPN (Maoist) Chairman Pushpa Kamal Dahal Prachanda has proposed to form election government under the leadership of incumbent Chief Justice. 
The party’s seventh general convention has already endorsed Prachanda’s proposal and political report with a slight amendment. Prachanda who had announced to bring ‘new formula’ for political consensus floated the proposal in today’s closed session. 
He also defended the Bilateral Investment Protection and Promotion Agreement (BIPPA) signed by Prime Minister Baburam Bhattarai during his India visit and added that it was a right agreement for the country. 
During the session, Dahal said 12-point agreement was signed in a rush and added that the party was compelled to strike deal with the parliamentary parties after their plan to capture state from People’s war failed. According to party Spokesperson Agni Sapkota, the session has decided to form a seven-member election committee.