Wednesday, March 6, 2013

२ इन्चभन्दा लामो कपाल पाल्न नपाइने


हामीकहाँ प्रहरीले केही दिनअघि ट्यापे, मुन्द्रे तथा चुल्ठेहरुले अपराध गरेको भन्दै केही दिनअघि कानमा कानमा मुन्द्रा लगाउने, झण्डै र्झन थालेको पाइन्ट लगाउने तथा लामो कपाल पाल्नेहरुलाई भकाभक पक्राउ गरेको थियो ।
यसको निकै विरोध पनि भयो । आफुले चाहेजस्तो कपाल पाल्न नपाउने देश नेपाल मात्र हो की भन्ने भान सबैलाई भयो र त्यसको चर्चा सामाजिक संजालतिर पनि भयो ।
तर, नेपालको यो चर्चा सेलाउन नपाउँदै उत्तर कोरियाको यस्तै चर्चा बाहिर आएको छ । उत्तर कोरिया सरकारले कस्तो कपाल पाल्न पाउने भन्ने बारेमा कानून नै बनाएको छ । सरकारले विभिन्न २८ प्रकारका हेयर स्टाइलको सूचि तयार पारिदिएको छ ।
तिनै २८ प्रकार मध्ये कुनै एक प्रकार रोजेर सोही अनुरुप कपाल काट्नुपर्नेछ । त्यसमा पनि पुरुषहरुका लागि १० र महिलाका लागि १८ प्रकारका हेयर स्टाइल तय गरिएको छ । पुरुषले निर्धारित १० तथा महिलाले १८ बाहेक अरु कुनै स्टाइलमा कपाल पालेमा कडा कारवाही हुने छ ।
यस्तै पुरुषहरुले २ इन्च भन्दा लामो कपाल पाल्न पाउने छैनन् । विवाहित महिलाले छोटो कपाल बनाउनु पर्नेछ भने अविवाहितले चाहीँ लामै पाल्न पनि पाउने छन् ।

सम्भोग बारेका रोचक तथ्य


विश्वमा सेक्सका लागि सबैभन्दा कम समय छुट्टाउने मानिस कुन देशका होलान् ? ठ्याक्कै यसै हो भन्न गाह्रो छ । तर एक अध्ययनले भने भारतीयहरुले सेक्समा सबैभन्दा कम समय दिन्छन् । अर्थात् भारतीयहरुको सम्भोगको समय सबैभन्दा छोटो छ ।
हालै एक कण्डम कम्पनीले गरेको एक अनलाइन सर्भे अनुसार भारतीय दम्पतीहरुले एक पटकको सम्भोगमा औषतमा १५ मिनेट १० सेकेण्ड समय खर्चिन्छन् । यसको अर्थ १५ मिनेटमा भारतीय दम्पतीहरुको यौनक्रिडाको शुभकार्य सम्पन्न हुन्छ । विश्वका ३७ देशका ३० हजार मानिसमा गरिएको अध्ययनले यी देशमध्ये भारतीयहरुको सम्भोग सबैभन्दा छोटो हुने देखिएको हो ।
सर्भेक्षण अनुसार सेक्सका बेला कण्डम प्रयोगको सन्दर्भमा भने भारतीयहरु निकै अगाडि छन् । ७१ प्रतिशत दम्पतीले सम्भोगका बेला कण्डम प्रयोग गर्ने गरेका छ । कण्डम प्रयोगको सबालमा चिनीयाहरु पहिलो स्थानमा छन् । सयमा ७७ चिनिया दम्पतीले सेक्सका बेला कण्डम प्रयोग गर्छन् । ७३ प्रतिशतका साथ हंगकंगका दम्पतीहरु दोश्रो स्थानमा छन् ।
यस्तै पाकक्रिडामा भारतीयहरु पाँचौ स्थानमा छन् । सम्भोग पहिलेको पाकक्रिडामा भारतीय दम्पतीहरुले औषतमा १९ मिनेट बिताउँछन् ।
यस्तै सबैभन्दा बढि सेक्स गर्नेमा कोलम्बियालीहरु पहिलो स्थानमा छन् । ८९ प्रतिशत कोलम्बियालीले हप्तामा कम्तीमा एक पटक सेक्स गर्छन् । बढि सेक्स गर्ने सबालमा इण्डोनेसियाली र रसियनहरु संयुक्त रुपमा दोश्रो स्थानमा छन् ।
यस्तै सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने सबालमा भने हंगेरीयनहरु पहिलो स्थानमा छन् । गि्रकहरु दोश्रो र स्पेनी दम्पतीहरु तेश्रो स्थानमा रहेका छन् ।

दश प्रतिशतले गर्छन् अफिसमै यौनक्रिडा


एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले यस्तो देखाएको हो ।
आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त रुप दिने गरेको बताएका छन् ।
५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा ३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए । यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य कार्य नगरेको स्पष्टीकरण दिएका छन् । कतिपय मानिसहरु आफुले कार्यालयमा प्रेम तथा यौनजन्य काम नगरेपनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा रहेछन् । सर्भेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा यौनजन्य गतिविधि गर्ने गरेको सुइाको आफुले पाएको बताए ।
यद्यपि सर्भेक्षणको यो नतिजा सबै देशका सबै कार्यालयको हकमा नमिल्न सक्छ । तथापि यसले कार्यस्थलमा हुने रोमान्स तथा यौनजन्य गतिविधि बढिरहेको र समाजमा खुलापन बढिरहेको कुरालाई इंगित गर्ने बताइएको छ ।

मोटाएका कैदीले मागे ९० दिनको छुट्टी


भारतको महाराष्ट्रस्थित पूणेको यरवदा केन्दि्रय जेलका एक कैदीले ९० दिनको विदा मागेका छन् । जेलमा बस्नेले समेत विदा मागेको कुरा आफैमा अनौठो छ ।
अझ अनौठो र रोचक कुरा त उनले विदा माग्नुको कारणबारे पो छ । २७ वर्षका आत्माराम डेन्गले नामका ती कैदीले आफ्नो मोटोपन घटाउनका लागि छुट्टी मागेका हुन् । जेलमा बलात्कारको आरोपमा ८ वर्षको जेलसजाय काटिरहेका आत्मारामले मोटोपनको उपचारमा सर्जरी गर्नुपर्ने भएपछि उपचारका लागि ९० दिनको छुट्टी माग गरेका हुन् ।
उनले आफुलाई उपचारका लागि छुट्टीको व्यवस्था मिलाइदिन मुम्बइ उच्च अदालतमा मुख्य न्यायाधीशलाई चिठी लेखेका छन् । पत्रमा आत्मारामले आफु मोटोपनबाट निकै पीडित रहेको र दैनिक उठबसका लागि समेत असमर्थ भएको बताएका छन् । मलाई उपचारका लागि ९० दिनको छुट्टी चाहिएको छ, श्रीमानले छुट्टी पाउने व्यवस्था गरिदिनुहोस्, उनले लेखेका छन् ।
जेलका चिकित्सा अधिकारीहरुले पनि आफुलाई आफुलाई शल्यक्रिया गर्न सुझाव दिएको उनले बताएका छन् । आफ्नो उपचारका सुविधा स्थानीय कुनैपनि अस्पतालमा नभएकाले आफु बाहिरै गएर उपचार गराउनुपर्ने र त्यसका लागि आफुलाई तिन महिना जेलबाट विदा दिनुपर्ने उनको माग छ ।

विवाहित जोडीका सेक्स सेक्रेट


हालैको एक सर्भेक्षणले विवाहित जोडीका सेक्स सम्बन्धी केही रोचक तथ्य फेला पारेको छ । आइ भिलेज भन्ने वेबसाइटले गरेको सर्भेक्षणमा केही त्यस्ता सेक्स सेक्रेट फेला परे जुन निम्न छन्:
-६८ प्रतिशत पुरुषले आफ्नो सबैभन्दा उत्तम सेक्स पार्टनर केटीसँग विवाह गर्छन् जबकी आफ्नो वेस्ट सेक्सुअल पार्टनरसँग विहे गर्ने केटीहरुको संख्या भने ४५ प्रतिशत मात्र हुन्छ ।
-पुरुषका औषतमा ६ देखि १० जनासम्म यौनसाथी हुन्छन् जबकी महिलाका बढिमा२ देखि ५ मात्र । १९ प्रतिशत पुरुष तथा महिलाका केवल १ जनामात्र सेक्स पार्टनर हुन्छन्् ।
-४२ प्रतिशत महिलालाई आफ्नो श्रीमानले अनलाइनमा अश्लील चिजहरु हेरेको पत्तो नै हुँदैन । यस्तै ६३ प्रतिशत विवाहित महिला आफुले कहिल्यै पोर्न सामाग्री नहेरेको ढोँग गर्छन् ।
-७९ प्रतिशत पुरुषले आफ्नी श्रीमती सेक्सबाट सन्तुष्ट रहेकोमा ढुक्क हुन्छन् तर यसरी यौनसुख पाएँ भन्ने महिला केवल ६१ प्रतिशत मात्र हुन्छन् ।
-५५ प्रतिशत महिलालाई मात्र आफ्नो लोग्ने आफुसँगको सेक्सबाट सन्तुष्ट रहेको लाग्छ तर पत्नीसँगको सम्भोगबाट सन्तुष्ट छु भन्ने पुरुषहरु ७९ प्रतिशत छन् ।
-५२ प्रतिशत महिला तथा ४९ प्रतिशत पुरुषहरु बच्चा जन्मेपछि आफ्नो सेक्स लाइफ ध्वस्त भएको ठान्छन् ।
-४२ प्रतिशत पुरुष ओछ्यानमा महिलाले सेक्सको पहिलो प्रयास गरोस् भन्ने चाहन्छन् ।
४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३० प्रतिशतले मलद्धार सेक्समा रुची राख्छन् ।
३५ प्रतिशत महिला लामो पाकक्रिडा चाहन्छन्, केवल २२ प्रतिशत महिलालाई मात्र मुख मैथुनमा इच्छा लाग्छ ।
-श्रीमतीको तुलनामा श्रीमान बढि शंकालु हुन्छन् । आफ्नी श्रीमती कसैसँग सल्केकी छे की ? भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् भने यसरी लोगनेमाथि शंका लागेर मोबाइल चेक गर्ने महिला केवल २० प्रतिशत मात्र हुन्छन् । 

अब लगाउने मात्रै होइन खाने स्प्रे (फोटो फिचरसहित)


सरीरमा अत्तर छर्केर सुगन्ध छर्दै हिँड्न सबैलाई मन पर्छ । यस्ता सुगन्ध नाकलाई निकै मन पर्छ । मुखका लागि होइन । तब अब केवल सुँघ्ने मात्र होइन खाने स्प्रे समेत बजारमा आएको छ ।
जर्मनीको एक खाद्यान्न कम्पनी डेली गारेजले विभिन्न रंगका स्प्रे बजारमा ल्याएको छ । जुन फलफूल लगायतका खाद्य पदार्थमा छर्केर खाद्यपदार्थलाई आफुलाई मन पर्ने रंगमा बदलेर मज्जाले खान सकिन्छ ।
कम्पनीले विभिन्न रंगका स्प्रे बजारमा ल्याउनुको मुख्य ध्येय भनेकै उपभोक्ताले आफुलाई मन पर्ने रंगको स्प्रे खानामा छरुन् र खानालाई मनपर्ने रंगको बनाएर मज्जाले खाउन् भन्नु नै हो । तत्कालका लागि सुनौलो, चाँदी रंग तथा रातो र निलो रंगका स्प्रे उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
फूड फिनिस नाम दिइएको ती खानयोग्य स्प्रे पूर्णतया स्वस्थ रहेको र यसले उपभोक्ताको खान मन नलाग्ने समस्यालाई समेत हल गरिदिने दाबी कम्पनीको रहेको छ ।