रविन भट्टराई
१० माघ, ताप्लेजुङ । पाँचथरमा गोरु काटेको
अभियोगमा पक्राउ परेकाहरुलाई छोड्नु पर्ने भन्दै आदीवासी जनजाती महासंघको
अगुवाईमा आज बिहानैवाट गरिएको पाँचथर बन्दका त्यहाँको जनजीवन प्रभावित भएको
छ । पाँचथर बन्दका कारण ताप्लेजुङमा पनि यातायातका साधन चलेका छैनन ।
ताप्लेजुङवाट पाँचथर, इलाम र झापाका लागी
छुट्ने आधा दर्जन बस तथा ट्याक्सीहरु नछुटेपछि यात्रुहरु अलपत्र परेको
बुकिङ काउण्टरका इञ्चार्ज राजन गुरुङले वताउनुभयो ।
आदिवासी जनजाती लगायतका आठ वटा संगठनले आज
र भोली दुई दिनका लागी पाँचथरको फिदिम वजार र यातायात बन्दको आव्हान
गरेकाले त्यसको प्रभाव ताप्लेजुमा पनि परेको छ ।
यद्यपी ताप्लेजुवाट छुट्ने लामो दुरीका
सवारी साधन नचलेपनि छोटो दुरीका सवारी साधन चलिरहेका छन । गत पुस २६ गते
पाँचथरको नागीन गाविस्थित फेमे खोलावाट गोरु काटेको अभियोगमा ६ जनालाई
प्रहरीले पक्राउ गरेपछि विना सर्त रिहा गर्न माग गर्दै जनजाती संगठनले
चरणवद्ध आन्दोलन गर्दै आएका छन ।
प्रहरीले दल वहादुर गुरुङ, दीपक आङवो,
रमेश नेम्वाङ, रमित गुँरागाई, विनोद नेम्वाङ र शुभचन्द्र राईलाई पक्राउ
गरेको आदिवासी जनजाती महासँघ पाँचथरका अध्यक्ष विर्ख वहादुर वाइवाले
वताउनुभयो ।
पक्राउ परेकाहरुलाई छुटाउन प्रशासनसँग पटक
पटक आग्रह गरेपनि सुनुवाइ नभएकाले वाध्य भएर आन्दोलन गर्नु परेको वाइवाले
जानकारी दिनुभयो ।
No comments:
Post a Comment