१० माघ, काठमाण्डौं । देशको पछिल्लो
राजनीतिक घटनाको क्रमको समिक्षा गर्दै आफ्नो मोर्चाको धारणा तय गर्न मधेसी
मोर्चाको बैठक जारी रहेको छ । राजधानीको गोकर्ण होटलमा जारी बैठकमा
राजनीतिक निकासका विषयमा एक धारणा बनाउने विषयमा छलफल केन्द्रीत रहेको छ ।
मधेशी मोर्चाका तर्फबाट सरकारसँग यसअघि
भएका सहमतिको कार्यान्वयन, निकासमा मधेशी मार्चाको भूमिका लगायतका विषयमा
छलफल जारी रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महोताले जानकारी
दिनुभयो । मंगलबारदेखि जारी आवासीय बैठकमा सबै दलका उच्च नेताहरुको
सहभागिता रहेको छ ।
No comments:
Post a Comment