१० माघ, म्याग्दी। एकीकृत माओवादीका नेता
अमिक शेरचनले सहमतिका लागि सरकारबाट हट्न तयार रहेको बताउनुभएको छ ।
शेरचनले एमाओवादीका सबै नेताहरु सहमति भएमा तत्काल सरकार छाड्ने पक्षमा
एकमत रहेको बताउनुभयो ।
”अझ एक हप्तासम्म सहमति हुन्छ भने आगामी
जेठ महिनामा संविधानसभाको निर्वाचन गर्न सकिने भएकाले तत्काल सरकारबाट
राजीनामा दिने कुरामा हामी एकमत छौँ” क्रान्तिकारी पत्रकार सङ्घ म्याग्दीले
बुधवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शेरचनले
भन्नुभयो, “सहमति हुन नसके कानुनी प्रक्रिया पूरा गर्न पनि संविधानसभा
पुनःस्थापना गर्नुपर्छ ।” उहाँले नयाँ निर्वाचन, सत्यनिरुपण तथा मेलमिलाप
आयोग गठन, विघटित संविधानसभामा भएका सहमति तथा असहमतिका विषयलाई लिएर
जनतासँग जानेलगायत विषयमा प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले फरक प्रसङ्गमा अन्य
विकल्प नभएको अवस्थामा सहमति र राजनीतिक निकासका लागि मात्र सरकारको
नेतृत्व गर्न सक्ने बताउनुभएको हो” शेरचनले भन्नुभयो “संविधानमार्फत
जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा तथा संस्थागत गर्ने मुद्दा नै
हाम्रो प्राथमिकता हो ।” रासस
No comments:
Post a Comment