१० माघ, पाँचथर । आफ्नै श्रीमतीलाई
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई आज पक्राउ
गरेको छ । श्रीमती हत्याको आरोपमा पक्राउ पर्ने सिदिन–१ का ४० बर्षीय
मनकुमार राई हुन् ।
अभियुक्त राईले हिजो राति ९ बजेतिर मादक
पदार्थ सेवन गरी ३५ बर्षीया श्रीमती रेनुकालाई चिर्पटले हिर्काएर हत्या
गरेका थिए । राईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती रेनुकाको घटनास्थलमै
ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाका सम्वन्धमा
आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
No comments:
Post a Comment