९ माघ, काठमाडौं । सम्पत्ति
शुद्धीकरणसम्बन्धी कानुन तत्काल नबनाए नेपाल कालोसूचिमा पर्न सक्ने नेपालका
लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले बताउनुभएको छ । अर्थमन्त्रालयमा
मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा राजदूत बोडेले
शुद्धीकरणसम्बन्धी कानुन बनाई संगठित वित्तीय अपराधलाई नरोके नेपाल
कालोसूचिमा पर्न सक्ने बताउनुभएको हो ।
राजदूत बोडेसँगको भेटमा मन्त्री पुनले
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रपति
कार्यालयमा पठाएको तर सो अध्यादेश हालसम्म पारित नभएको बताउनुभएको
अर्थमन्त्री पुनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । भेटमा
राजदूत बोडेले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सङ्गठित अपराध
नियन्त्रणसम्बन्धी अध्यादेश पारित नभएमा नेपाल कालोसूचीमा पर्नेबारे
ध्यानाकर्षण गराउनुभएको थियो ।
विगतमा पनि सम्पत्ति शुद्धीकरण तथा
आतंकवादी क्रियाकलापमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धी संयुक्त
राष्ट्रसंघको प्रस्तावमा नेपालले जनाएको प्रतिवद्धताअनुरुप कानून बनाई
संगठित वित्तीय अपराध रोक्न नेपालमाथि चर्को दबाव परेको थियो
। राष्ट्रसंघले नेपाललाई वित्तीय अपराध नियन्त्रणसम्बन्धी कानुन बनाउन दबाव
दिँदै आएको छ । राष्ट्रसंघले नेपाललाई यससम्नत्री कालोसूचीमा राखेको
खण्डमा राष्ट्र बैंकको खाता र प्रतीतपत्र विदेशमा नचल्ने अवस्था आउन सक्छ ।
No comments:
Post a Comment