९ माघ,
काठमाणडौ । चिनियाँ मूलकी अष्ट्रेलियन युवतीलाई बलात्कार गरेको अभियोगमा
हङकङ अदालतले एक नेपालीलाई ४ बर्ष ९ महिना जेल सजायँको फैसला गरेको छ ।
नयाँ
बर्ष सन् २०१३ को जनवरी एक तारिख साँझ प्रसिद्ध लनक्वाईफोङस्थित एक बारमा
आएकी ग्राहकलाई बलात्कार गरेको अभियोगमा २८ बषिर्य संजिव गुरुङलाई हङकङको
उच्च अदालतले जेल सजायँ सुनाएको त्यहाँको द स्टाण्डर्ड पत्रिकाले जनाएको छ ।
ग्राहकका रुपमा आएकी ती युवती बारमा मदिरा
सेवन गरेर मातेकी थिइन् । मातेकी युवती ट्याक्सीमा होटल फर्किन लागेका
बेला त्यहीं बारम्यानका रुपमा कार्यरत संजिवले पछ्याएका थिए । उनले
वानचाईमा रहेको एक गेष्टहाउसमा लगेर गुदद्वारमा बलात्कार गरेका थिए ।
अर्ध बेहोस अबस्थामा रहेकी ती युवतीले
गुदद्वारामा सहवास गर्न इन्कार गरेकी थिइन् । तर संजिवले जर्वजस्ती गरेको र
गुदद्वारबाट रगत आउने गरि बलात्कार गरेको उनले अदालतसमक्ष बताएकी छिन् ।
पछि ती युवतीले एक पुरुष साथीको सहयोगमा
अदालतमा मुद्दा दायर गरेकी थिइन् । संजिवका वकिलले उनले नियतवस बलात्कार
नगरेको दावी गरेका थिए । सात सदस्यीय बेन्चले उनलाई ५ बर्षको जेल सजायँ
हुने फैसलाए सुनाए पनि संजिवले गरेको समाजसेवाको कामलाई समेत कदर गर्दै तीन
महिना सजायँ घटाइएको थियो ।
No comments:
Post a Comment