१० माघ, काठमाण्डौं । एकीकृत नेकपा
माओवादीले विपक्षी काँग्रेस-एमालेको गठबन्धनले आफ्नो दैलेख जिल्ला अधिवेशन
भाँड्ने षड्यन्त्रमा लागेको भन्दै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन
आग्रह गरेको छ ।
प्रवक्ता
अग्नि सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सामूहिक रुपमा भेला भएर विचार
अभिव्यक्ति राख्न पाउने प्रजातान्त्रिक अधिकारमाथि आक्रमण नगर्न आग्रह
गर्नुभएको । प्रजातन्त्रको बद्ख्वाई गरेर कहिल्यै नथाक्ने काँग्रेस-एमालेले
आफ्नो पार्टीका शीर्ष नेता जाने कायर्ंक्रम भाँड्न खोजेकामा सापकोटाले
आपत्तिसमेत जनाउनुभएको छ ।
‘प्रजातन्त्रमा भेला भएर सबैलाई आफ्नो
विचार राख्ने स्वतन्त्रता हुन्छ’, सापकोटाले विज्ञप्तिमा भन्नुभएको छ’,
शान्तिपूर्ण कार्यक्रम विथोल्न भनेर गरिएको अवरोधप्रति हाम्रो पार्टी खेद
व्यक्त गर्दछ ।’ यस्तै सापकोटाले आन्दोलनका नाममा अवाञ्चित गतिविधि भए
त्यसबाट आउने परिणामको जिम्मेवार विपक्षी गठबन्धन हुने पनि बताउनुभएको छ ।
विपक्षी काँग्रेस-एमालेले माओवादी शीर्ष
नेतृत्वलाई जिल्ला प्रवेशमा रोक लगाउने भन्दै सदरमुकाममा करिब ४ सयको
संख्यामा कार्यकर्ता जम्मा गरेका छन् । मंगलबार बसेको जिल्लास्थित ७
विपक्षी दलको बैठकले बुधबार २ बजेदेखि यातायात र बिहीबार दिनभर सदरमुकाम
बन्दको घोषणा गरेको थियो । विपक्षी दल सम्वद्ध कार्यकर्ताले सदरमुकाम
प्रवेश गर्ने सबै नाकामा रुख ढालेर यातायात अवरुद्ध गरेका छन् । विपक्षी
दलका कार्यकर्ता रहेको सदरमुकामस्थित चोक र कार्यक्रम स्थलबीचको दूरी करिब २
सय मिटर मात्र छ ।
दुई पक्षबीच झडप हुने आशंकामा स्थानीय
बासिन्दा शत्रित बनेका छन् । यता स्थानीय प्रशासनले भने सदरमुकामसहित आसपास
क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । कार्यक्रम स्थल सुरक्षाका लागि
सुर्खेतबाट दुई सय सशस्त्र प्रहरी झिकाइएको छ । बिहान कार्यक्रम स्थल
प्रवेश गर्ने तयारीमा रहेका विपक्षी दलका कार्यकर्ता सुरक्षा व्यवस्थामा
गरिएको कडाइका कारण फर्किएका थिए ।
पार्टीको प्रथम दैलेख जिल्ला सम्मेलन
उद्घाटनका लागि अध्यक्ष प्रचण्डसहित एकीकृत माओवादीका शीर्ष नेता आज दैलेख
जाँदै हुनुहुन्छ । सदरमुकामस्थित काँडाचौरमा हुने कार्यक्रमका बीच अध्यक्ष
प्रचण्डले जिल्ला सम्मेलन उद्घाटन गर्ने माओवादी दैलेख संयोजक कर्ण
बस्नेतले जानकारी दिनुभयो । सम्मेलन उद्घाटन शत्रलाई अध्यक्ष प्रचण्ड,
उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी
श्रेष्ठ र संगठन विभाग प्रमुख कृष्णबहादुर महरालगायतले सम्बोधन गर्ने
कार्यक्रम छ । अधिवेशनले आसन्न सातौँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला
प्रतिनिधि चयन गर्नेछ ।

Very good
ReplyDelete