Sunday, February 17, 2013

कार्यदलको बैठक आज पनि


७ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने चुनावी सरकारको विषयमा प्याकेजमानै सहमति जुटाउने विषयमा छलफल गर्न गठन गरिएको मुख्य दलका नेताहरु सम्मिलित कार्यदलको बैठक आज पनि बस्दैछ ।
कार्यदलका सदस्यहरुबीच धेरै विषयमा सहमित भइसकेकाले बाँकी रहेका विषयमा आज बस्ने बैठकमा छलफल हुने नेपाली काँग्रेस तर्फका कार्यदलका सदस्य मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
कार्यदलले संविधान संशोधन, निर्वाचन आयोगमा गर्नुपर्ने पदपूर्ति, सरकारको स्वरुप, दलहरुबीचको सम्बन्ध र भूमिका, नागरिकता, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति जुटाउने जिम्मा कार्यदलले पाएको छ ।
कार्यदलको बैठक १० बजेपछि बस्नेछ । बैठकले तयार पारेको कार्यदलको प्रस्तावलाई प्रमुख दलको बैठकले छलफल गरी अन्तिम रुप दिनेछ ।

No comments:

Post a Comment